logo

चालु आर्थिक वर्षमा ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

    644   पटक पढिएको


१८ वैशाख/अर्थ र व्यापार – राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै कार्यालयले यो प्रक्षेपण सार्वजनिक गरेको हो। तथ्यांक अनुसार, हाल नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।
यसअघि विश्व बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४.५ प्रतिशत र एसियाली विकास बैंकले ४.४ प्रतिशतको वृद्धिदर हुने प्रक्षेपण गरेका थिए । राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपण ती संस्थाहरूको भन्दा उच्च देखिएको छ ।
गत वर्षको तुलना गर्दा, आर्थिक वर्ष २०८०/८१ मा ३.६७ प्रतिशत वृद्धि भएको थियो भने २०७९/८० मा मात्र १.९८ प्रतिशतले अर्थतन्त्र वृद्धि भएको थियो ।
आधारभूत मूल्यमा आर्थिक वृद्धिदर ३.९९ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि क्षेत्रमा ३.२८ प्रतिशत र गैर–कृषि क्षेत्रमा ४.२८ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । सेवा क्षेत्र ४.१ प्रतिशत, द्वितीय क्षेत्र ४.६५ प्रतिशत र प्राथमिक क्षेत्र ३.२५ प्रतिशतले वृद्धि हुने देखिएको छ ।
अघिल्ला दुई वर्ष लगातार ऋणात्मक वृद्धिदर देखिएको उद्योग र निर्माण क्षेत्र यो वर्ष सुधार हुने क्रममा छन् । उद्योग क्षेत्रमा ३.७८ प्रतिशत र निर्माण क्षेत्रमा २.२१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । विशेष गरी विद्युत् तथा ग्यास क्षेत्रमा १३.८२ प्रतिशत वृद्धिदर रहने अपेक्षा गरिएको छ, जुन सबैभन्दा उच्च हो ।
प्रतिव्यक्ति कुल राष्ट्रिय आय पनि वृद्धि हुँदै १,५१७ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । जबकि अघिल्लो वर्ष यो १,४६७ अमेरिकी डलर थियो । प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले कोभिड–१९, जाजरकोट भूकम्प, बाढीपहिरोजस्ता विपद्का असरपछि अब आर्थिक सुधारको गति देखिन थालेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।