logo

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेशमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

    670   पटक पढिएको


७ वैशाख/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही पनि छैन, केही भएन भनेर प्रचार गरेजस्तो नभएर नेपालमा लगानीका प्रसस्त सम्भावना र वातावरण रहेको बताएका छन्।
कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनमा महासंघका अध्यक्ष ढकालले धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि आग्रह गरेका हुन ।
उनले नेपालमा सम्भावना नै छैन भन्ने र नकारात्मक रुपमा लिने गरिएको पाइन्छ । विदेशमा बसेर विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ । म यहाँहरुलाई भन्न चाहन्छु । यदि साच्चिकै विदेशमा गरेजस्तै मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन् ।”
उनले आफू बागुलङबाट आएर अहिले मुलुककै निजी क्षेत्रको छाता संगठनको नेतृत्वमा पुगेको आफ्नै उदाहरण दिँदै मिहिनेत, लगनशिलता र इमान्दारितासाथ काम गरेमा नेपालमा धेरै सम्भावना छन् र सफल पनि भइन्छ भन्ने उदाहरण आफू पनि हुनसक्ने बताए।
वैदेशिक रोजगारीमा रहेका नेपालीसमेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै ढकालले त्यस कम्पनीमार्फत लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आग्रह गरे ।
यस कम्पनीले मुलुकभित्र तथा मुलुकबाहिर रहेका नेपालीहरुको छरिएर रहेको पुँजी संकलन गरी जलविद्युत, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानी गर्न गइरहेको जानकारी गराउँदै ढकालले त्यसमा सहभागिताका लागि कतारमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन ।
उनले भने“मलाई लाग्छ गैरआवासीय नेपाली साथीहरुमा नेपालमा लगानी गर्दा साझेदार छनौटमा समस्या पनि भएको हुनसक्छ । म आग्रह गर्दछु कि यस कम्पनीमा नेपालका उद्यमी व्यवसायी र एनआरएनएका साथीहरु पनि हुनुहुन्छ । यहाँहरुले ढुक्क भएर लगानी गर्दा राम्रो हुनेछ ।”
सामाजिक उत्तरदायित्व कोषमा १५ लाख प्रदान
यसैबीच अध्यक्ष ढकालले बागलुङबाट कतारमा आएका बागलुङवासीहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न अक्षकोष स्थापना गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै उनले पनि त्यस कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
सो कार्यक्रममा बागलुङबासी समेत भएकाले अध्यक्ष ढकाललाई सम्मान प्रदान गरिएको थियो । अधिवेशनमा कलाकार सिम्रन परियारलगायत विभिन्न कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।