logo

बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल थाल्यो

    691   पटक पढिएको



२१ फागुन/अर्थ र व्यापार – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका विभागसँग छलफल गरेको जनाएको छ।
छलफलको क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत १५ फागुनमा मन्त्रालयले जारी गरेको ८ बुँदे मार्गदर्शन स्मरण गराउँदै पूर्वतयारी नभएका आयोजना प्रस्ताव नगर्न र राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखि पर्याप्त बजेट प्रस्ताव गर्न आग्रह गरे ।

यसैगरी, नले बजेट अनुशासित र यथार्थपरक ल्याउने भन्दै त्यसका लागि आफूलाई विषयगत मन्त्रालयको सहयोग चाहिने बताए । ‘बीच बीचमा रकमान्तर र संशोधन गर्न नपर्ने तथा कार्यान्वयनमा समस्या नआउने गरी कार्यक्रम प्रस्ताव होस्,’ अर्थमन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्मालाई विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिन पनि आग्रह गरे । ‘कार्यान्वयन हुन नसक्ने र कम प्राथमिकताका आयोजनाहरुलाई स्थगन गर्नुहोला, कार्यान्वयन योग्य योजना मात्र समावेश गर्न आग्रह छ । साना योजना रोकेर क्रमागत योजनाहरुको संख्या घटाउन पनि अनुरोध छ,’ पौडेलले भने ।

पूर्वतयारी सम्पन्न भएका र अत्यन्तै आवश्यकता महसुस गरिएका आयोजना मात्र समावेश गर्न निर्देशन दिंदै उनले विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । सो छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा.शिवराज अधिकारी पनि थिए । आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा अर्थ मन्त्रालयले गत १५ फागुनमा ८ बुँदे मार्गदर्शन जारी गरेको थियो । सोही मार्गदशन अनुरुप अहिले अर्थमन्त्रालयले सम्बन्धीत निकार्यहरुसँग छलफलको कामलाई तिब्रता दिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।