logo

सार्वजनिक ऋण थपिएर जीडीपीको ४५ प्रतिशत भन्दा धेरै

    456   पटक पढिएको


९ फागुन/ अर्थ र व्यापार– सार्वजनिक ऋणको आकार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ प्रतिशतभन्दा माथि पुगेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वितेका ७ महिना माग मसान्तसम्ममा पौने २ खर्ब रुपैयाँ ऋण थपिएपछि सार्वजनिक ऋण जीडीपीको ४५ दशमलब ७७ प्रतिशत पुगेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष माघसम्ममा सरकारी ऋण २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकामा चालु आवको वितेका ७ महिनाको अवधीमा १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँ थपिएको हो ।

कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलब ८७ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४९ दशमलब १३ प्रतिशत रहेको छ । आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब ८१ करोड र बाह्य ऋण १३ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै ७ महिनामा ३६ अर्ब ५९ करोड रुपैयाँ दायित्व थपिएको सो कार्यालयले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्ष ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा २ खर्ब ९० अर्ब ५७ करोड रुपैयाँ उठाएको छ । आन्तरिकतर्फ २ खर्ब २९ अर्ब १५ करोड रुपैयाँ र बाह्यतर्फ ६१ अर्ब ४२ करोड रुपैयाँ ऋण उठाइएको सो कार्यालयको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।