५ माघ/अर्थ र व्यापार – सिमेन्टको भाउलाई लिएर सत्तारुढ नेपाली कांग्रेसका सांसद राजन केसीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको जवाफ मागेका छन्।
सांसद केसीले सोमबार प्रतिनिधि सभाको बैठकको शूल्य समयमा बोल्दै सिमेन्टको मूल्य के कारण प्रति बोरा ९०० रुपैयाँ पुग्यो भन्दै उद्योगमन्त्रीसँग जवाफ मागेका हुन्।
‘९८ प्रतिशत भन्दा बढी स्वदेशी कच्चा पदार्थमा उत्पादन हुने सिमेन्टको अत्यधिक मूल्यवृद्धि भएको छ ।
३/४ वर्षदेखि ६०० रुपैयाँमा पाउने गरेको सिमेन्ट किन ९०० रुपैयाँ पुग्यो? कच्चा पदार्थ, मजदूरको ज्याला, बिजुली, कोइलाको मूल्य बढेर हो? बिनाकारण किन बढ्यो? म उद्योगमन्त्रीसँग स्पष्टीकरण माग्न चाहन्छु,’ उनले भने ।
केसीले उद्योगीले कार्टेलिङ गरेर मूल्य बढाएकाले उपभोक्ता मारमा परेको बताए । उनले सिमेन्टको मूल्य घटाउन उद्योगमन्त्रीको ध्यानाकर्षण गराए । ‘उद्योगीको कार्टेलिङले उपभोक्ता मारमा परेका छन् । उद्योगमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु, मूल्य घटाइयोस्,’ उनले भने ।
तपाईको प्रतिक्रिया