logo

७ महिनामा वाणिज्य बैंकहरुले ५.६२ प्रतिशत कर्जा विस्तार गर्यो, निक्षेप भन्दा कर्जा धेरै

    647   पटक पढिएको



५ माघ/अर्थ र व्यापार – चालु आर्थिक वर्षको वितेका ७ महिना साउनदेखि माघ मसान्तसम्मको अवधिमा वाणिज्य बैंकहरुले ५.६२ प्रतिशत कर्जा विस्तार गरेका छन् ।
आर्थिक गतिविधी बढेर माहोल राम्रो भएको बेला बैंकहरुको मुख्य बिजनेस नै कर्जा विस्तार हो । लगानीयोग्य रकम पर्याप्त रहेको यो बेला कर्जा विस्तार गर्न सफल भएका बैंकहरूको वित्तीय विवरणमा समेत सकारात्मक प्रभाव देखिन जानेछ ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार असार मसान्तसम्म २० वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, चालु आर्थिक वर्षको माघ मसान्तसम्म आउँदा २ खर्ब ५६ अर्ब ९४ करोड रुपैयाँले बढेको छ । माघ मसान्तसम्म कुल कर्जा रकम ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको वितेका ७ महिनामा बैंकहरूमा संकलन भएको निक्षेपभन्दा कर्जा प्रवाह उच्च देखिन्छ । सोही अवधिमा निक्षेप संकलन जम्मा ४.२१ प्रतिशत मात्रै बढेको छ ।
असार मसान्तसम्म कुल निक्षेप संकलन ५७ खर्ब ५४ अर्ब ७७ करोड रहेकोमा माघ मसान्तसम्म आउँदा २ खर्ब ४२ अर्ब २८ करोड बढेको छ । माघ मसान्तसम्म कुल निक्षेप संकलन ५९ खर्ब ९७ अर्ब ५ करोड पुगेको छ । पछिल्लो समय कर्जा विस्तार बढ्न थालेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले बैंकमा कर्जाको माग पनि बढेको र सोही अनुसार प्रवाह पनि भइरहेको जानकारी दिए । आगामी एक वर्ष पर्याप्त कर्जा जाने संकेत देखिएको भन्दै उनले कर्जा प्रवाह बढेका कारण आन्तरिक अर्थतन्त्र पनि चलायन हुन खोजेको बताए ।
समिक्षा अवधीमा व्यापार बढाउने बैंकहरुमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि रहेको छ । यसैगरी, व्यापार गुमाउनेमा एनआईसी एसिया बैंक नै रहेको छ । बैंकर्स एसोसिएसनका अनुसार कर्जा विस्तारमा ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि देखिएको छ । ७ महिनाको अवधीमा ग्लोबल आइएमई बैंकले ४० अर्ब रुपैयाँ कर्जा बढाएको छ । धेरै कर्जा प्रवाह गर्नेमा पनि सोे बैंक पहिलो स्थानमा हरेको छ ।

माघ मसान्तसम्म बैंकको कर्जा प्रवाह ४ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप धेरै बढाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अगाडि देखिएको छ । ७ महिनामै सो बैंकको निक्षेप संकलन ४० अर्ब बढेको छ । एनआईसी एसिया बैंकको भने निक्षेप र कर्जा दुवै उल्लेख्य घटेको छ । चालु आवको वितेका ७ महिना माघमसान्तसम्मको अवधीमा सो बैंकको निक्षेप ५८ अर्ब २२ करोड घटेको छ भने कर्जा प्रवाह ३२ अर्ब ८८ करोड घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।