logo

७ महिनामा वाणिज्य बैंकहरुले ५.६२ प्रतिशत कर्जा विस्तार गर्यो, निक्षेप भन्दा कर्जा धेरै

    388   पटक पढिएको



५ माघ/अर्थ र व्यापार – चालु आर्थिक वर्षको वितेका ७ महिना साउनदेखि माघ मसान्तसम्मको अवधिमा वाणिज्य बैंकहरुले ५.६२ प्रतिशत कर्जा विस्तार गरेका छन् ।
आर्थिक गतिविधी बढेर माहोल राम्रो भएको बेला बैंकहरुको मुख्य बिजनेस नै कर्जा विस्तार हो । लगानीयोग्य रकम पर्याप्त रहेको यो बेला कर्जा विस्तार गर्न सफल भएका बैंकहरूको वित्तीय विवरणमा समेत सकारात्मक प्रभाव देखिन जानेछ ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार असार मसान्तसम्म २० वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, चालु आर्थिक वर्षको माघ मसान्तसम्म आउँदा २ खर्ब ५६ अर्ब ९४ करोड रुपैयाँले बढेको छ । माघ मसान्तसम्म कुल कर्जा रकम ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको वितेका ७ महिनामा बैंकहरूमा संकलन भएको निक्षेपभन्दा कर्जा प्रवाह उच्च देखिन्छ । सोही अवधिमा निक्षेप संकलन जम्मा ४.२१ प्रतिशत मात्रै बढेको छ ।
असार मसान्तसम्म कुल निक्षेप संकलन ५७ खर्ब ५४ अर्ब ७७ करोड रहेकोमा माघ मसान्तसम्म आउँदा २ खर्ब ४२ अर्ब २८ करोड बढेको छ । माघ मसान्तसम्म कुल निक्षेप संकलन ५९ खर्ब ९७ अर्ब ५ करोड पुगेको छ । पछिल्लो समय कर्जा विस्तार बढ्न थालेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले बैंकमा कर्जाको माग पनि बढेको र सोही अनुसार प्रवाह पनि भइरहेको जानकारी दिए । आगामी एक वर्ष पर्याप्त कर्जा जाने संकेत देखिएको भन्दै उनले कर्जा प्रवाह बढेका कारण आन्तरिक अर्थतन्त्र पनि चलायन हुन खोजेको बताए ।
समिक्षा अवधीमा व्यापार बढाउने बैंकहरुमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि रहेको छ । यसैगरी, व्यापार गुमाउनेमा एनआईसी एसिया बैंक नै रहेको छ । बैंकर्स एसोसिएसनका अनुसार कर्जा विस्तारमा ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि देखिएको छ । ७ महिनाको अवधीमा ग्लोबल आइएमई बैंकले ४० अर्ब रुपैयाँ कर्जा बढाएको छ । धेरै कर्जा प्रवाह गर्नेमा पनि सोे बैंक पहिलो स्थानमा हरेको छ ।

माघ मसान्तसम्म बैंकको कर्जा प्रवाह ४ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप धेरै बढाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अगाडि देखिएको छ । ७ महिनामै सो बैंकको निक्षेप संकलन ४० अर्ब बढेको छ । एनआईसी एसिया बैंकको भने निक्षेप र कर्जा दुवै उल्लेख्य घटेको छ । चालु आवको वितेका ७ महिना माघमसान्तसम्मको अवधीमा सो बैंकको निक्षेप ५८ अर्ब २२ करोड घटेको छ भने कर्जा प्रवाह ३२ अर्ब ८८ करोड घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।