logo

जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने प्रवृत्ति ठीक छैन : मन्त्री भण्डारी

    451   पटक पढिएको


१९ पुस/अर्थ र व्यापार – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक रूपान्तरणमा बैंकले ध्यान नदेको आरोप लगाएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बैंक तथ्यांकमा मात्रै रमाउनु उपयुक्त नभएको बताए ।
‘सबै पालिकामा बैंकको पहुँच छ ।, तर सामाजिक भत्तामात्रै बाँड्ने काम गरे, आर्थिक रूपान्तरणमा बैंकले ध्यान दिएनन्’ उनले भने । मन्त्री भण्डारीले जनता दुब्लाउँदै जाने अनि बैंक मोटाउँदै जाने प्रवृत्ति ठीक नभएको बताए ।
यसैगरी, उनले नेपालका बैंकहरू एक ठाउँबाट मुनाफा भएन भने अर्को क्षेत्रबाट मुनाफा लिन खोज्ने आरोपसमेत लगाए । उनले अहिले अर्थतन्त्र सुधार मात्रै नभएर सरकारले आफैभित्र सुधारको काम गरिरहेको बताए । राष्ट्रिय चुनौती समाधान गर्न समस्या खोजिरहेको भन्दै उनले जटिलता र चुनौतीलाई सम्भावनामा बदल्न नसकेकोमा चिन्ता व्यक्त गरे ।
वित्तीय सुधारले धेरैको सुधार राख्ने भएकाले सम्भावनालाई लत्याउँदै अन्यत्र बरालिनुपरेको भन्दै उनले गाउँबाट सहर र सहरबाट विदेश जाने परिपाटी कायमै रहेकाले सम्भावनालाई लत्याएको देखिएको धारणा राखे ।
उनले सरकारले बनाएका नीति नै अहिले काम गर्न अवरोध बनेको पनि बताए । ‘हाम्रा नीति नियन्त्रित किसिमका नीति बनेका छन् , एउटा ऐनले अर्को ऐनले चिन्दैन, यस्ता जटिलतालाई सहज गर्न अहिलेको सरकारले काम गरिरहेको छ’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।