logo

भुक्तानी नपाएपछि निर्माण व्यवसायीद्वारा आन्दोलनको चेतावनी

    716   पटक पढिएको


१८ पुस/अर्थ र व्यापार – सरकारले लामो समयदेखि भुक्तानी नदिएपछि निर्माण व्यवसायीहरू आन्दोलित हुने भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघद्धारा बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले अब व्यवसायीले बाध्य भएर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
उनले हाल व्यवसायी भुक्तानी नपाएर मात्र नभएर मुख्य निर्माणको सिजनमा अकस्मात बढाईएको सिमेन्ट र विभिन्न निर्माण सामाग्रीको चर्को मुल्यबृद्धिको मार खेख्न समेत बाध्य भएको बताए ।
महासंघका महासचिव रोशन दाहालले आगामी २७ पुसमा राजधानीमा देशभरका निर्माण व्यवसायी भेला हुने र सोही भेलाको म्यान्डेट अनुसार व्यवसायीहरु आन्दोलनमा जाने मनस्थीतिमा रहेको बताए । ‘यसअघि सरकारसँग पटक–पटक हारगुहार गर्दा पनि निर्माण व्यवसायीले ठुलो रकम भुक्तानी पाउन सकेनौँ,’ महासचिव दाहालले भने, ‘दुई वर्ष अघि देखिको भुक्तानी पाउन सकेका छैनौँ ।’
साथै यही अवधिमा निर्माण सामाग्रीको मूल्य वृद्धि हुनुका साथै निर्माण सामग्री उत्पादनसमेत कार्टेलिङ गरी उद्योगीले अभाव सिर्जना गरेकाले निर्माण व्यवसायी थप मारमा परेको भन्दै उनले अब आन्दोलनको विकल्प नभएको बताए ।
यसैगरी, उनले सरकारले समयमा भुक्तानी नदिँदा बैंकको किस्ता तिर्न नसकिने र कालोसूचीमापर्ने अवस्था आएको बताए । पटकपटक भुक्तानीका लागि ताकेता गर्दा पनि भुक्तानी पाउन नसकेको र अब आन्दोलन बाहेक विकल्प नभएको दाहालको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।