१२ पुस/अर्थ र व्यापार – चीनसँग सीमा जोडिएको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको छ ।
नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको जानकारी दिए ।
सो समितिका अनुसार भोटेकोशी बगरमा ७०० मिटर लामो र साढे पाँच मिटर अग्लो सिमेन्टको पिलरसहित तटबन्ध निर्माण, बन्दरगाह प्रवेश र त्यहाँबाट प्रस्थान गर्ने सहायक मार्गको निर्माण, बगर सम्म्याउने, गोदामका दुई भवन निर्माण भएका छन्।
उनले आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको बताए । बन्दरगाहमा संयुक्त निरीक्षणस्थल, गोदाम भवन, तीनसय मालबाहक र एकसय साना सवारी साधन पार्किङ गर्न सकिने सो समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया