logo

नेउवा महासंघको विधान संशोधन,नेतृत्व चयन गर्न व्यवसायी पुरानै व्यवस्थामा फर्किए

बरिष्ठ उपाध्यक्ष श्रेष्ठको कार्यकालपछि अध्यक्ष प्रत्यक्ष निर्वाचित,बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हट्यो

    470   पटक पढिएको



२६ मंसिर/अर्थ र व्यापार – निजी क्षेत्रबीच विगतका केही वर्षदेखि नै धेरै चर्चामा रहेको नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान विधान संशोधन भएको छ । राजधानीमा सम्पन्न भएको महासंघको विशेष साधारणसभाले विधान संशोधन गरि नयाँ नेतृत्व चयनगर्दा आठवर्ष अघिको पुरानै व्यवस्था कार्यान्वयनमा ल्याउने प्रताव पारित गरेको हो ।
वर्तमान विधान संशोधन भएसँगै अब महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचिच हुनेछ भने जिल्लालाई २ उपाध्यक्षको व्यवस्था गरिएको छ । यसैगरी, आगामी नयाँ नेतृत्वको कार्यकाल दुई वर्षको हुने व्यवस्था पनि विधान संशोनबाट गरिएको छ । अहिलेका बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठको कार्यकाल समाप्त भएपछि अर्को अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएको महासंघले जनाएको छ ।
यसैगरी, एकजना वरिष्ठ उपाध्यक्ष, जिल्ला नगरमा दुई उपाध्यक्षसहित चारजना उपाध्यक्ष हुने व्यवस्था पनि यो विधान संशोधनमा थप गरिएको छ । विगत आठवर्ष अघिसम्म महासंघमा अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था थियो । यसअघि गरिएको विधान संसोधनबाट सो व्यवस्थालाई संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वत हुने व्यवस्था गराइएको थियो । अहिले पुनः वर्तमान बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठको कार्यकालछि अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कार्यान्वयनमा ल्याइने महासंघले जनाएको छ ।
संसोधित यस नयाँ विधान अनुसार अब महासंघको एक कार्यकाल पुरा भएपछि अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने भएको छ । सबै व्यवसायीको सहमतीको आधारमा महासंघको विशेष साधारण सभाले वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठको कार्यकालपछि अर्को अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छान्ने गरी विधान संशोधन गरेको हो । यस विशेष साधारण सभाले विधान सर्वसम्मत रुपमा संशोधन गरेको महासंघले जनाएको छ ।
संसोधित विधान कार्यान्वयनमा आएपछि अब बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हट्ने छ । अब महासंघ ८ वर्ष पहिलेकै अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छान्ने पुरानै व्यवस्थामा फर्किएको छ । महासंघको स्थायी समिति र कार्यसमितिले दुई कार्यकालपछि मात्रै अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने गरी विधान संशोधनको निर्णय गरेको थियो ।
तर, साधारण सभामा अधिकांश सदस्यले वर्तमान बरिष्ठ उपाध्यक्ष श्रेष्ठपछि नै अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने धारणा राखेका थिए । सो साधारण सभामा वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले दुई कार्यकालपछि मात्रै अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने आवाज उठाएका थिए ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै व्यवसायी तथा अधिकाँश सदस्यहरुको धारणाका आधारमा यस विधान संशोधनको प्रस्ताव राखेका थिए । बरिष्ठ उपाध्यक्ष श्रेष्ठको कार्यकालपछि अध्यक्ष प्रत्यक्ष निर्वाचबाट चयनगर्ने किसिमले ढकालले राखेको विधान संशोधनको प्रस्ताव विशेष साधारण सभाले सर्वसम्मत रुपमा पारित गरेको महासंघले जनाएको छ ।
यसअघि अध्यक्षमा प्रत्यक्ष निर्वाचन धेरै खर्चिलो र भड्किलो बनेको भन्दै वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष हुने प्रावधान राखेर विधान संसोधन गरिएको थियो । २०७३ सालमा महासंघको विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान राखिएको थियो । सो विधान संशोधनपछि त्यसबेला बरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष बनेकी थिइन्।
वर्तमान प्रावधानले समेत अध्यक्षमा निर्वाचन नभए पनि वरिष्ठ उपाध्यक्षमा त्यस्तै भड्किलो रुपमा खर्च गर्ने प्रवृति देखिएपछि महासंघका व्यवसायी आठवर्ष पुरानै व्यवस्थामा फर्किएका हुन् । महासंघका अध्यक्ष ढकालले विशेष साधारण सभाअघि पूर्वअध्यक्षहरुसँग पनि राय सुझाव लिएका थिए । यस विशेष साधारण सभाले कार्यसमितिको कार्यकाल दुई वर्ष मात्रै हुने प्रस्ताव पनि पारित गरेको छ । स्थायी समिति र कार्यसमितिले कार्यकाल तीन वर्ष बनाउने निर्णय गरेको थियो । सो साधारण सभामा तीन वर्षे कार्यकाल लामो हुने भन्दै दुई वर्ष नै उपयुक्त हुने धारणा राखेका थिए । महासंघमा ५० प्रतिशतभन्दा बढी मतभार रहेको जिल्ला नगरबाट यसअघि एक कजना उपाध्यक्ष छनोट हुने व्यवस्था थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।