logo

उद्योग परिसंघद्धारा उत्कृष्ट करदातालाई सम्मान, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित

    762   पटक पढिएको


२३ मंसिर/अर्थ र व्यापार – नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८०/८१ का विभिन्न विधामा उत्कृष्ट १४ करदातालाई सम्मान गरेको छ । परिसंघले होटल तथा पर्यटन क्षेत्रतर्फ उच्च कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मानित गरेको छ । सो होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले सम्मानपत्र ग्रहण गरेका हुन् ।
होटलले यसभन्दा अगाडि ५ पटक पर्यटन क्षेत्रमा उत्कृष्ट करदाता बन्दै नेपाल सरकारबाट सम्मानित भइसकेको छ । परिसंघबाट सम्मानित हुने करतादाहरूमा एकलौटी फर्मतर्फ श्रुति ट्रेडर्स, निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि निर्याततर्फ कोडावतार टेक प्रालि, कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पतञ्जली आयुर्वेद रहेका छन् ।
यस्तै, बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक, स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज र वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट सम्मानित भएका हुन्। ऊर्जा क्षेत्रतर्फ उच्च कर तिर्ने भोटेकोसी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनि ट्रान्सफर, व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह सम्मानित भए ।
यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमिततर्फ होङ्सी सिमेन्ट, ५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्ने सोल्टी इन्टरप्राइजेज तथा विशेष उद्योगतर्फ वरुण वेभरेजलाई परिसंघले सम्मान गरेको थियो । परिसंघका तर्फबाट अध्यक्ष राजेश अग्रवालले करदाता उद्योग तथा व्यक्तिहरूका प्रतिनिधिहरूलाई सम्मानपत्र दिएका थिए । सम्मान कार्यक्रमपछिको अन्तरक्रियामा मुलुकले पर्यटन क्षेत्रबाट धेरै लाभ लिइरहेको उद्योगी तथा व्यवसायीहरूले बताएका थिए । उनीहरूले पर्यटन क्षेत्रको विकासका लागि सरकारले थप पहलकदमी लिनुपर्नेमा समेत जोड दिएका थिए ।
अन्तक्रियामा नेपाल मेडिकल कलेजको हब बन्ने सम्भावना रहेको तर सरकारको कसिलो नीतिले गाह्रो बनाएको व्यवसायीहरूले बताए । कार्यक्रममा म्यारियट होटलका संचालक शशीकान्त अग्रवालले राज्यले अनावश्यक र अनुत्पादक क्षेत्रमा खर्च कटौति गर्नुपर्ने बताए। हाम्रोभन्दा राष्ट्रिय सुरक्षा संकटमा रहेको पाकिस्तानमा भन्दा धेरै सेना नेपालमा हुनु अनावश्यक भएको उनको भनाई छ ।
नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवालीले नेपाल ऋणहरूको जालोमा पर्ने खतरा रहेको औंल्याए। अहिले ब्याजदर घट्दा पनि निजी क्षेत्रले कर्जा लिन नसकेको बताउँदै उनले यस्तो अवस्थाबाट माथि उठ्न सरकार र निजी क्षेत्रबीच गहन छलफल आवश्यक रहेको बताए।
अहिले मौद्रिक नीतिले राम्रो काम गरेर अर्थतन्त्रको बाह्य अवस्था बलियो बनेपनि आन्तरिक अर्थतन्त्रमा सरकारले काम गर्न नसक्दा कमजोर भएको समेत बताए।
परिसंघका अध्यक्ष राजेश अग्रवालले निजी क्षेत्रले दिएका सुझाव करिब ४५ प्रतिशत सरकारले बजेट भाषणमा समावेश गरेको तर कार्यान्वयनमा भने अझै समस्या रहेकाले त्यसको मारमा व्यवसायीहरू परेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।