logo

उद्योग परिसंघद्धारा उत्कृष्ट करदातालाई सम्मान, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित

    503   पटक पढिएको


२३ मंसिर/अर्थ र व्यापार – नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८०/८१ का विभिन्न विधामा उत्कृष्ट १४ करदातालाई सम्मान गरेको छ । परिसंघले होटल तथा पर्यटन क्षेत्रतर्फ उच्च कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मानित गरेको छ । सो होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले सम्मानपत्र ग्रहण गरेका हुन् ।
होटलले यसभन्दा अगाडि ५ पटक पर्यटन क्षेत्रमा उत्कृष्ट करदाता बन्दै नेपाल सरकारबाट सम्मानित भइसकेको छ । परिसंघबाट सम्मानित हुने करतादाहरूमा एकलौटी फर्मतर्फ श्रुति ट्रेडर्स, निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि निर्याततर्फ कोडावतार टेक प्रालि, कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पतञ्जली आयुर्वेद रहेका छन् ।
यस्तै, बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक, स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज र वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट सम्मानित भएका हुन्। ऊर्जा क्षेत्रतर्फ उच्च कर तिर्ने भोटेकोसी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनि ट्रान्सफर, व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह सम्मानित भए ।
यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमिततर्फ होङ्सी सिमेन्ट, ५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्ने सोल्टी इन्टरप्राइजेज तथा विशेष उद्योगतर्फ वरुण वेभरेजलाई परिसंघले सम्मान गरेको थियो । परिसंघका तर्फबाट अध्यक्ष राजेश अग्रवालले करदाता उद्योग तथा व्यक्तिहरूका प्रतिनिधिहरूलाई सम्मानपत्र दिएका थिए । सम्मान कार्यक्रमपछिको अन्तरक्रियामा मुलुकले पर्यटन क्षेत्रबाट धेरै लाभ लिइरहेको उद्योगी तथा व्यवसायीहरूले बताएका थिए । उनीहरूले पर्यटन क्षेत्रको विकासका लागि सरकारले थप पहलकदमी लिनुपर्नेमा समेत जोड दिएका थिए ।
अन्तक्रियामा नेपाल मेडिकल कलेजको हब बन्ने सम्भावना रहेको तर सरकारको कसिलो नीतिले गाह्रो बनाएको व्यवसायीहरूले बताए । कार्यक्रममा म्यारियट होटलका संचालक शशीकान्त अग्रवालले राज्यले अनावश्यक र अनुत्पादक क्षेत्रमा खर्च कटौति गर्नुपर्ने बताए। हाम्रोभन्दा राष्ट्रिय सुरक्षा संकटमा रहेको पाकिस्तानमा भन्दा धेरै सेना नेपालमा हुनु अनावश्यक भएको उनको भनाई छ ।
नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवालीले नेपाल ऋणहरूको जालोमा पर्ने खतरा रहेको औंल्याए। अहिले ब्याजदर घट्दा पनि निजी क्षेत्रले कर्जा लिन नसकेको बताउँदै उनले यस्तो अवस्थाबाट माथि उठ्न सरकार र निजी क्षेत्रबीच गहन छलफल आवश्यक रहेको बताए।
अहिले मौद्रिक नीतिले राम्रो काम गरेर अर्थतन्त्रको बाह्य अवस्था बलियो बनेपनि आन्तरिक अर्थतन्त्रमा सरकारले काम गर्न नसक्दा कमजोर भएको समेत बताए।
परिसंघका अध्यक्ष राजेश अग्रवालले निजी क्षेत्रले दिएका सुझाव करिब ४५ प्रतिशत सरकारले बजेट भाषणमा समावेश गरेको तर कार्यान्वयनमा भने अझै समस्या रहेकाले त्यसको मारमा व्यवसायीहरू परेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।