logo

२१ निर्माण कम्पनी कालोसूचीमा, तीन वर्षसम्म सार्वजनिक खरिदमा सहभागी हुन नपाउने

    770   पटक पढिएको


१८ मंसिर/अर्थ र व्यापार – तोकिएको सम्झौता अनुसारको काम नगरेपछि विभिन्न २१ वटा निर्माण कम्पनीहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । १५ वटा कम्पनी एक वर्षका लागि, दुई कम्पनी २/२ वर्षकालागि, २ कम्पनी अढाइवर्ष र एउटा/एउटा कम्पनी डेढवर्ष र तीन वर्षका लागि कालोसूचीमा परेका छन्।
तीन वर्षका लागि सार्वजनिक खरिदका गतिविधिमा सहभागी हुन नपाउनेगरि कालोसूचीमा पर्ने कम्पनीमा जोरपाटीको नव दुर्गा बिल्डर्स छ । शिवप्रसाद दंगाल सञ्चालक रहेको सो कम्पनीलाई कालोसूचीमा राख्न शंखरापुर नगरपालिकाको कार्यालयले सिफारिस गरेको हो।

सडक विभागको रुकुम पश्चिमको चौरजहारीस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा सपना शैलुङ जेभी कालोसूचीमा परेको छ । यो जेभीमा हेटौंडाको सपना कन्स्ट्रक्सन र ललितपुर ढोलाहिटीको शैलुङ कन्स्ट्रक्सन रहेका छन् । २ वर्ष ६ महिनाका लागि कारबाहीमा परेका यी कम्पनीमा सपना हरिप्रसाद ढकालको हो भने पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरवेटी भनेर चिनिएका शैलुङ कन्स्टक्सन निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको हो ।

२ वर्षका लागि कारबाहीमा परेका कम्पनीमा रुकुम पश्चिम मुसीकोटको तेनिम मल्टीपर्पोज कम्पनी र बाँके कोहलपुरको केआर कन्स्ट्रक्सन छन् । केआर कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न नेपाल राष्ट्र बैंक बालुवाटारले लेखिपठाएको छ । यसैगरी, १ वर्ष ६ महिनाका लागि कालोसूचीमा पर्नेमा तनहुँ बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन रहेको छ । सो निर्माण कम्पनीलाई तनहुँको भानु नगरपालिकाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कारबाही गरेको हो ।

एक वर्षका लागि कालोसूचीमा परेकाहरुमा सुर्खेत वीरेन्द्रनगरको तप्त निर्माण सेवा, पूर्ण निर्माण सेवा, आइए कन्स्ट्रक्सन, बाँकेको हार्दिक कन्स्ट्रक्सन, जिसान ट्रेडर्स एण्ड अर्डर सप्लायर्स, सविना जनरल एण्ड अर्डर सप्लायर्स, हुम्लाको यास के शाही कन्स्ट्रक्सन, एसके निर्माण सेवा, काभ्रेको ट्राभलर्स क्रियु कन्स्ट्रक्सन, खोटाङको युनिक निर्माण सेवा रहेका छन् ।
यसैगरी, एक वर्षकै कार्बाहीमा परेकाहरुमा काठमाडौं कालिकास्थानको युनिभर्सल ट्रेड एण्ड टेक्नोलोजी प्रालि, जीसी कन्स्ट्रक्सन कास्की, महिमा कन्स्ट्रक्सन बर्दिया र जायसवाल कन्स्ट्रक्सन धनुषा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।