logo

चौथो प्लास्ट नेपाल २०२४ एक्स्पो सुरु, उद्योग मन्त्रि भण्डारीले गरे उद्घाटन

    437   पटक पढिएको


१३ मंसिर/अर्थ र व्यापार – चौथो प्लास्ट नेपाल एक्स्पो भृकुटी मण्डपमा सुरु भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक्स्पोको उद्घाटन गरेका हुन् । बिहीबाबाट सुरु भएको सो एक्स्पो आगामी शनिबारसम्म चल्नेछ ।
प्लास्टिकजन्य वस्तुको उत्पादन, प्रशोधन, बिक्री गर्दै आएको उद्योगहरूको संगठन प्लास्ट नेपाल फाउन्डेसनले एक्स्पोको आयोजना गरेको हो । प्लास्ट नेपाल एक्स्पोका सभापति तथा फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले नेपालमा ८०० उद्योगले वार्षिक ७५ अर्बको प्लास्टिक उत्पादन गर्दै आएको बताए ।
‘गैर नाफामुलक रूपमा खोलिएको यस संस्थामा सुरुमा ६५ उद्योगी सहभागी थिए,’ श्रेष्ठले भने– ‘एक लाखभन्दा बढिले रोजगारी पाएका छन् । ९० प्रतिशत प्लास्टिक उत्पादन गरिरहेको छ ।’ उनले प्लास्टिकले वातावरण प्रदूषण मात्रै नभएर जोगाएको बताए । प्राविधिक टेक्नोलोजीका मार्फत उत्पादन गरिएको प्लास्टिकले वातावरण असर नगर्ने उनको भनाइ थियो ।
यसैगरी, खुला सीमाका कारण भारतबाट न्यून गुणस्तरको प्लास्टिक आयात भइरहेको र नेपालमा उत्पादित वस्तु बिक्री नभइरहेको उनले बताए । यसैगरी, सीमामा सरकारले कडा व्यवस्था गरी आयात रोक्नुपर्नेमा उनको जोड थियो ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्लास्टिक आयात प्रतिस्थापन गरी उत्पादनमा जोड दिनुपर्ने बताए । उद्योग सचिव कृष्णबहादुर राउतले नेपालमा प्लास्टिक प्रयोग बढ्दो रूपमा रहेको र यसले वातावरणमा असर पारिरहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कम्लेशकुमार अग्रवाले पनि नेपाली उत्पादनमा आवश्यक सम्पूर्ण कच्चापदार्थ आयातमा भन्सार दर घटाइनुपर्ने माग गरे । यसैगरी, उनले प्लास्टिक उत्पादन क्षेत्रका लागि नेपालमा वातावरणमुखी नीति ल्याउनुपर्नेमा जोड दिए ।
नेपाल परिसंघका अध्यक्ष राजेश अग्रवालले प्लास्टिकजन्य वस्तुलाई पुनः प्रयोग गर्न सकिने भएकाले नेपालमा पुनः प्रयोग गर्ने व्यवस्था गर्न आग्रह गरे । ‘नेपालमा पुनः प्रयोग गर्ने व्यवस्था गरे प्लास्टिकका कच्चा पदार्थ आयातमा कमी आउँछ। र देशको व्यापार घाटा कम हुने देखिन्छ,’ अध्यक्ष अग्रवालले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।