logo

चौथो प्लास्ट नेपाल २०२४ एक्स्पो सुरु, उद्योग मन्त्रि भण्डारीले गरे उद्घाटन

    734   पटक पढिएको


१३ मंसिर/अर्थ र व्यापार – चौथो प्लास्ट नेपाल एक्स्पो भृकुटी मण्डपमा सुरु भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक्स्पोको उद्घाटन गरेका हुन् । बिहीबाबाट सुरु भएको सो एक्स्पो आगामी शनिबारसम्म चल्नेछ ।
प्लास्टिकजन्य वस्तुको उत्पादन, प्रशोधन, बिक्री गर्दै आएको उद्योगहरूको संगठन प्लास्ट नेपाल फाउन्डेसनले एक्स्पोको आयोजना गरेको हो । प्लास्ट नेपाल एक्स्पोका सभापति तथा फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले नेपालमा ८०० उद्योगले वार्षिक ७५ अर्बको प्लास्टिक उत्पादन गर्दै आएको बताए ।
‘गैर नाफामुलक रूपमा खोलिएको यस संस्थामा सुरुमा ६५ उद्योगी सहभागी थिए,’ श्रेष्ठले भने– ‘एक लाखभन्दा बढिले रोजगारी पाएका छन् । ९० प्रतिशत प्लास्टिक उत्पादन गरिरहेको छ ।’ उनले प्लास्टिकले वातावरण प्रदूषण मात्रै नभएर जोगाएको बताए । प्राविधिक टेक्नोलोजीका मार्फत उत्पादन गरिएको प्लास्टिकले वातावरण असर नगर्ने उनको भनाइ थियो ।
यसैगरी, खुला सीमाका कारण भारतबाट न्यून गुणस्तरको प्लास्टिक आयात भइरहेको र नेपालमा उत्पादित वस्तु बिक्री नभइरहेको उनले बताए । यसैगरी, सीमामा सरकारले कडा व्यवस्था गरी आयात रोक्नुपर्नेमा उनको जोड थियो ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्लास्टिक आयात प्रतिस्थापन गरी उत्पादनमा जोड दिनुपर्ने बताए । उद्योग सचिव कृष्णबहादुर राउतले नेपालमा प्लास्टिक प्रयोग बढ्दो रूपमा रहेको र यसले वातावरणमा असर पारिरहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कम्लेशकुमार अग्रवाले पनि नेपाली उत्पादनमा आवश्यक सम्पूर्ण कच्चापदार्थ आयातमा भन्सार दर घटाइनुपर्ने माग गरे । यसैगरी, उनले प्लास्टिक उत्पादन क्षेत्रका लागि नेपालमा वातावरणमुखी नीति ल्याउनुपर्नेमा जोड दिए ।
नेपाल परिसंघका अध्यक्ष राजेश अग्रवालले प्लास्टिकजन्य वस्तुलाई पुनः प्रयोग गर्न सकिने भएकाले नेपालमा पुनः प्रयोग गर्ने व्यवस्था गर्न आग्रह गरे । ‘नेपालमा पुनः प्रयोग गर्ने व्यवस्था गरे प्लास्टिकका कच्चा पदार्थ आयातमा कमी आउँछ। र देशको व्यापार घाटा कम हुने देखिन्छ,’ अध्यक्ष अग्रवालले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।