logo

अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ भन्ने प्रमाणित भयो : अर्थमन्त्री पौडेल

    443   पटक पढिएको


७ मंसिर/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब नेपालमा लगानी गर्न सुरक्षित र प्रतिफलयुक्त रहेको प्रमाणित भएको बताएका छन् ।
भर्खर फिच रेटिङले नेपालमो सार्वभौम कन्ट्री रेटिङ गर्दै नेपाललाई डबल बी माइनस रेटिङ दिएको छ । सो रेटिङले अब नेपाल लगानीयोग्य देशका रुपमा सावित भएको र लगानीकर्ताहरुले नेपालमा निर्धक्कसँग लगानी गर्न सकिने उनले बताए ।
फिच रेटिङले सार्वजनिक गरेको रेटिङका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रबार अर्थमन्त्री पौडेलले यो रेटिङले नेपालको अवस्था के हो ? र हामी कहाँ छौं ? भन्ने जानकारी दिएको बताए । ‘नेपालको अर्थतन्त्र कुन अवस्थामा छ भन्ने प्रश्न लामो समयदेखि आईरहेको थियो, सार्वभौम क्रेडिट रेटिङ गर्नुपर्छ भन्ने माग पनि थियो’,उनले भने, ‘हामीले पहिलोपल्ट यो रेटिङ गराएका हौं ।’
नेपालले कन्ट्री रेटिङमा बीबी माईनस रेटिङ पाएको भन्दै उनले दक्षिण एशिया हेर्दा हाम्रा लागि यो उत्कृष्ट विषय रहेको बताए । ‘यो सुरुवात हो, अब हामी यसलाई निरन्तरता दिँदै जानेछौं, यो पहिलो एपिसोड हो,’ उनले भने, ‘यसले नेपालमा लगानी गर्न सुरक्षीत हुन्छ भन्ने सन्देश हामीले विश्वलाई बुझाएका छौं ।’
यसैगरी, उनले नेपाल साँच्चै नै लगानीका दृष्टिकोषण राम्रो राष्ट्र रहेको रेटिङले प्रमाणित गरिदिएको बताए । हाल यहाँ लगानी गर्दा प्रतिफल पनि राम्रो हुने फिचले देखाएको जानकारी गराउँदै उनले सोही अनुसार नेपालमा लगानी गर्न विदेशी निजी क्षेत्रलाई आग्रह गरे ।
फिचले नेपाल सरकारलाई केहि सुझाव पनि दिएको भन्दै उनले ति सुझावहरु कार्यान्वयन गर्दै जाने बताए । अब फिचले क्रेडिट रेटिङ दिलाएसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढ्ने निश्चित भएको उनको भनाई छ । उनले अब नेपाल बी बी माईनसमा मात्र नरोकिएर अझै यो रेटिङलाई सुधार गर्दै जाने प्रतिवद्धता जनाए ।
पत्रकार सम्मेलनमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले फिच रेटिङले अहिले हामी कहाँ छौं भन्नेबारे स्पष्ट्र दर्शाएको बताए । उनले विदेशी लगानीकर्ताहरुले अब नेपालमा लगानी भित्राउँदा ढुक्क हुनेरहेछ भन्ने सूचना दिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।