logo

अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ भन्ने प्रमाणित भयो : अर्थमन्त्री पौडेल

    700   पटक पढिएको


७ मंसिर/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब नेपालमा लगानी गर्न सुरक्षित र प्रतिफलयुक्त रहेको प्रमाणित भएको बताएका छन् ।
भर्खर फिच रेटिङले नेपालमो सार्वभौम कन्ट्री रेटिङ गर्दै नेपाललाई डबल बी माइनस रेटिङ दिएको छ । सो रेटिङले अब नेपाल लगानीयोग्य देशका रुपमा सावित भएको र लगानीकर्ताहरुले नेपालमा निर्धक्कसँग लगानी गर्न सकिने उनले बताए ।
फिच रेटिङले सार्वजनिक गरेको रेटिङका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रबार अर्थमन्त्री पौडेलले यो रेटिङले नेपालको अवस्था के हो ? र हामी कहाँ छौं ? भन्ने जानकारी दिएको बताए । ‘नेपालको अर्थतन्त्र कुन अवस्थामा छ भन्ने प्रश्न लामो समयदेखि आईरहेको थियो, सार्वभौम क्रेडिट रेटिङ गर्नुपर्छ भन्ने माग पनि थियो’,उनले भने, ‘हामीले पहिलोपल्ट यो रेटिङ गराएका हौं ।’
नेपालले कन्ट्री रेटिङमा बीबी माईनस रेटिङ पाएको भन्दै उनले दक्षिण एशिया हेर्दा हाम्रा लागि यो उत्कृष्ट विषय रहेको बताए । ‘यो सुरुवात हो, अब हामी यसलाई निरन्तरता दिँदै जानेछौं, यो पहिलो एपिसोड हो,’ उनले भने, ‘यसले नेपालमा लगानी गर्न सुरक्षीत हुन्छ भन्ने सन्देश हामीले विश्वलाई बुझाएका छौं ।’
यसैगरी, उनले नेपाल साँच्चै नै लगानीका दृष्टिकोषण राम्रो राष्ट्र रहेको रेटिङले प्रमाणित गरिदिएको बताए । हाल यहाँ लगानी गर्दा प्रतिफल पनि राम्रो हुने फिचले देखाएको जानकारी गराउँदै उनले सोही अनुसार नेपालमा लगानी गर्न विदेशी निजी क्षेत्रलाई आग्रह गरे ।
फिचले नेपाल सरकारलाई केहि सुझाव पनि दिएको भन्दै उनले ति सुझावहरु कार्यान्वयन गर्दै जाने बताए । अब फिचले क्रेडिट रेटिङ दिलाएसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढ्ने निश्चित भएको उनको भनाई छ । उनले अब नेपाल बी बी माईनसमा मात्र नरोकिएर अझै यो रेटिङलाई सुधार गर्दै जाने प्रतिवद्धता जनाए ।
पत्रकार सम्मेलनमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले फिच रेटिङले अहिले हामी कहाँ छौं भन्नेबारे स्पष्ट्र दर्शाएको बताए । उनले विदेशी लगानीकर्ताहरुले अब नेपालमा लगानी भित्राउँदा ढुक्क हुनेरहेछ भन्ने सूचना दिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।