logo

बढ्दो रेमिट्यान्स र घट्दो आयातका कारण ढुकुटीमा पैसा थुप्रने क्रम बढ्दो

    468   पटक पढिएको


५ मंसिर/अर्थ र व्यापार – बढ्दो रेमिटयान्स र घट्दो आयातका कारण पछिल्लो समय विदेशी मुद्रा संचिती तथा सोधनान्तर स्थितिमा उच्च सुधार देखिएको छ । लामो समययता वैदेशिक रोजगारीमा गएको कामदारले पठाएको रेमिटयान्सले आयात धान्दै आएको नेपालले पछिल्लो समय आयातमा संकुचन आउँदा विदेशी मुद्रा संचिती र भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्जजनिक गरेको देसको वित्तिय तथा आर्थिक विवरणअनुसार असोज मसान्तसम्ममा विदेशी मुद्रा संचिती २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब रहेको विदेशी मुद्रा संचिती पछिल्लो ३ महिनामा ९.४ प्रतिशतले वृद्धि हुन पुगेको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १९ खर्ब ८८ अर्ब पुगेको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । विस २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को ३ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
यसैगरी, समीक्षा अवधिमा शोधनान्तर स्थिति बढेर १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोडले बचतमा रहेको थियो । तर, जसरी आयात घटेको छ त्यसको देशको अर्थतन्त्र चलायमान बनाउन कठिन हुने सम्बद्ध अर्थविद्हरु बताउँछन् ।
‘लामो समयदेखि नेपालले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाएर त्यसबाट आएको रेमिटान्सबाट बस्तु तथा सेवा खरिद गर्दै देश संचालन गर्दै आएको थियो,’ एक अर्थविद्ले भने, ‘तर अहिले पनि कामदार वैदेशिक रोजगारीमा जान रोकिएको छैन भने आयात चाहिँ एकदमै ओरालो लाग्दो क्रममा छ ।’

नेपालजस्तो बस्तु तथा सेवा आयातबाट भन्सार तथा कर राजस्व संकलन गरेर राज्य संचालन गर्ने मुलुकमा त्यसरी आयात घट्दा अबका दिनमा नकारात्मक असर पर्ने ती अर्थविद्को भनाई छ । पछिल्लो समय फलफुल तथा खाद्यान्नजस्ता आयातभन्दा पनि औद्योगिक कच्चा पदार्थको आयात खुम्चिदा त्यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् ।
‘अहिले उद्योगका लागि आवश्यक मेशिन लगायतका कच्चा पदार्थमा उच्च गिरावट आएको छ,’ एक उद्योगीले भने, ‘जसको ठूलो असर देशको कुल ग्राह्स्थ्य उत्पादनमा पर्नेछ ।’ साथै अन्य खाद्यान्नलगायत बस्तुको आयातमा गिरावट आउँदा राज्यले लिएको लक्ष्यअनुसार राजस्व संकलन समेत हुन नसक्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।