logo

आन्तरिक राजस्व संकलनमा सामान्य सुधार, भन्सार संकलन घट्यो

    682   पटक पढिएको


४ मंसिर/अर्थ र व्यापार – चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक) मा आन्तरिक राजस्वमा केही सुधार देखिएको छ । आन्तरिक राजस्व विभागले कात्तिकसम्म १ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ । यो रकम गत आव २०८०/८१ को यसै अवधिको तुलनामा १७.०९ प्रतिशत धेरै हो ।

अर्थ मन्त्रालयका अनुसार विभागले गत आवको कात्तिक मसान्तसम्म १ खर्ब २७ अर्ब ४५ करोड रुपैयाँ संकलन गरेको थियो । मन्त्रालयका अनुसार आन्तरिक राजस्व विभागले लक्ष्यको ८८.५५ प्रतिशत मात्र राजस्व उठाएको छ । कात्तिकसम्म विभागले १ खर्ब ८० अर्ब १५ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो ।
आन्तरिक राजस्वतर्फ मूल्य अभिवृद्धि कर ४१ अर्ब ४५ करोड रुपैयाँ संकलन भएको छ । यस अवधिमा उत्पादन, बिक्री र सेवामा ५१ अर्ब १ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य रहेको थियो ।
अन्तःशुल्कतर्फ आन्तरिक राजस्व विभागले ३९ अर्ब ५५ करोड रुपैयाँ उठाएको छ । यस अवधिमा ४२ अर्ब १९ करोड अन्तशूल्क उठाउने लक्ष्य थियो । आयकर समेत लक्ष्य अनुसार उठ्न सकेन । कात्तिकसम्म आयकर ६६ अर्ब ९३ करोड उठेको छ । यस अवधिमा ८६ अर्ब २७ करोड रुपैयाँ आयकर उठाउने लक्ष्य थियो ।
भन्सार विभागको संकलन भने आन्तरिक राजस्वको तुलनामा समेत कम छ । विभागले कात्तिकसम्म १ खर्ब ४० अर्ब ६७ करोड रुपैयाँ राजस्व उठाएको छ । कात्तिकसम्म विभागले पाएको लक्ष्य १ खर्ब ८८ अर्ब ५६ करोड रुपैयाँ हो ।

विभागले गत वर्षको तुलनामा १०.९० प्रतिशत धेरै राजस्व उठाएको देखिन्छ । यद्यपि लक्ष्यको तुलनामा भने ७४.६० प्रतिशत मात्र भन्सार राजस्व उठेको छ । भन्सार राजस्वतर्फ भन्सार महसुल ६७ अर्ब ६० करोड रुपैयाँ उठेको छ । यस अवधिमा भन्सार विभागले ९४ अर्ब ७२ करोड रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य राखेको थियो ।
मूल्य अभिवृद्धि करतर्फ ५७ अर्ब ३० करोड मात्र संकलन भएको छ । लक्ष्य ७४ अर्ब २६ करोड रुपैयाँ थियो । अन्तःशुल्कतर्फ १५ अर्ब ७५ करोड रुपैयाँ मात्र उठेको छ । लक्ष्य भने १९ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।