logo

उत्कृष्ट करदातालाई सम्मानित् ,सबैभन्दा धेरै आयकर तिर्ने कम्पनी टेलिकम, व्यक्तिगततर्फ राजबहादुर शाह

    750   पटक पढिएको


२ मंसिर/अर्थ र व्यपार – सरकारले गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कर बुझाउने उत्कृष्ट करदाताहरुलाई सम्ममान गरेको छ । आन्तरिक राजश्व विभागले व्यक्तिगत तर्फबाट तथा संस्थागत तर्फबाट विभिन्न व्यक्ति तथा कम्पनीहरुहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले विभागबाट छनोट भएका उत्कृष्ठ करदाताहरुलाई सम्मान गरेका हुन् ।
यसपाली पनि व्यक्तिगत तर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा राजबहादुर शाह नै सम्मानित भएका छन् । अघिल्लो वर्षपनि शाह उत्कृष्ट करदाताबाट सम्मानित भएका थिए ।
दुर सञ्चारको क्षेत्रतर्फबाट यसवर्ष सर्वाधिक कर तिर्ने कम्पनीमा नेपाल टेलिकम सम्मानित भएको छ । नेपाल टेलिकम गत वर्ष पनि उत्कृष्ट करदाता छनोट भएको थियो । बैंकिङक्षेत्र तर्फबाट नबिल बैंकले फेरि पनि उत्कृष्ठ करदाताको सम्मान पाएको छ । नविल बैंकले यो सहित आठौं पटक सम्मान पाएको हो ।
त्यस्तै, निर्यात तर्फबाट डाबर नेपालले उत्कृष्ट करदाता सम्मान पाएको छ । त्यसैगरी, सूचना प्रबिधि निर्यातको क्षेत्रबाट कोडावतार टेक प्रालिले उत्कृष्ट करदाता सम्मान पाएको छ । कृषि उद्योगीको क्षेत्रबाट पतञ्जली आयुर्वेदले उत्कृष्ट करदाता सम्मान पाएको छ । स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल र पर्यटन क्षेत्रबाट तारागाउँ रिजेन्सी होटलले यसवर्षको उत्कृष्ट करदाताको सम्मान पाएको छ ।
यसैगरी, व्यक्तिगत फम (इन्टर प्राइजेज) तर्फबाट श्रुति ट्रेडर्सले उत्कृष्ट करदाता सम्मान पाएको छ । त्यस्तै, बस्तु व्यापारको क्षेत्रतर्फबाट भाटभटेनी सुपरमार्केटले उत्कृष्ठ करदाताको सम्मान पाएको छ । त्यस्तै, मध्यस्तरीय करदाताको तर्फबाट सीडीएस एण्ड क्लियरिङ लिमिटेड पनि उत्कृष्ट सम्मानित भएको छ ।
उर्जा क्षेत्रबाट भोटेकोशी पावरले सम्मान भएको छ भने रेमिट्यान्सको क्षेत्रबाट सीटी एक्सप्रेसले उत्कृष्ट करदाता सम्मान पाएको छ । यसैगरी, सबैभन्दा धेरै मुल्य अभिवृद्धिकर ( भ्याट तिरेर होङसी सिमेन्ट, सोल्टी इन्टरप्राइजेज र बरुण बेभरेजले उत्कृष्ट सम्मान पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।