logo

उत्कृष्ट करदातालाई सम्मानित् ,सबैभन्दा धेरै आयकर तिर्ने कम्पनी टेलिकम, व्यक्तिगततर्फ राजबहादुर शाह

    446   पटक पढिएको


२ मंसिर/अर्थ र व्यपार – सरकारले गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कर बुझाउने उत्कृष्ट करदाताहरुलाई सम्ममान गरेको छ । आन्तरिक राजश्व विभागले व्यक्तिगत तर्फबाट तथा संस्थागत तर्फबाट विभिन्न व्यक्ति तथा कम्पनीहरुहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले विभागबाट छनोट भएका उत्कृष्ठ करदाताहरुलाई सम्मान गरेका हुन् ।
यसपाली पनि व्यक्तिगत तर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा राजबहादुर शाह नै सम्मानित भएका छन् । अघिल्लो वर्षपनि शाह उत्कृष्ट करदाताबाट सम्मानित भएका थिए ।
दुर सञ्चारको क्षेत्रतर्फबाट यसवर्ष सर्वाधिक कर तिर्ने कम्पनीमा नेपाल टेलिकम सम्मानित भएको छ । नेपाल टेलिकम गत वर्ष पनि उत्कृष्ट करदाता छनोट भएको थियो । बैंकिङक्षेत्र तर्फबाट नबिल बैंकले फेरि पनि उत्कृष्ठ करदाताको सम्मान पाएको छ । नविल बैंकले यो सहित आठौं पटक सम्मान पाएको हो ।
त्यस्तै, निर्यात तर्फबाट डाबर नेपालले उत्कृष्ट करदाता सम्मान पाएको छ । त्यसैगरी, सूचना प्रबिधि निर्यातको क्षेत्रबाट कोडावतार टेक प्रालिले उत्कृष्ट करदाता सम्मान पाएको छ । कृषि उद्योगीको क्षेत्रबाट पतञ्जली आयुर्वेदले उत्कृष्ट करदाता सम्मान पाएको छ । स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल र पर्यटन क्षेत्रबाट तारागाउँ रिजेन्सी होटलले यसवर्षको उत्कृष्ट करदाताको सम्मान पाएको छ ।
यसैगरी, व्यक्तिगत फम (इन्टर प्राइजेज) तर्फबाट श्रुति ट्रेडर्सले उत्कृष्ट करदाता सम्मान पाएको छ । त्यस्तै, बस्तु व्यापारको क्षेत्रतर्फबाट भाटभटेनी सुपरमार्केटले उत्कृष्ठ करदाताको सम्मान पाएको छ । त्यस्तै, मध्यस्तरीय करदाताको तर्फबाट सीडीएस एण्ड क्लियरिङ लिमिटेड पनि उत्कृष्ट सम्मानित भएको छ ।
उर्जा क्षेत्रबाट भोटेकोशी पावरले सम्मान भएको छ भने रेमिट्यान्सको क्षेत्रबाट सीटी एक्सप्रेसले उत्कृष्ट करदाता सम्मान पाएको छ । यसैगरी, सबैभन्दा धेरै मुल्य अभिवृद्धिकर ( भ्याट तिरेर होङसी सिमेन्ट, सोल्टी इन्टरप्राइजेज र बरुण बेभरेजले उत्कृष्ट सम्मान पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।