logo

करका लक्ष्य प्राप्तीकालागि इमान्दारीताकासाथ कामगर्न अर्थमन्त्रीको निर्देशन

कर प्रशासनलाई आधुनिकीकरण गरि लागत घटाइनुपर्नेमा जोड

    414   पटक पढिएको

२ मंसिर/अर्थ र व्यपार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरागर्नकालागि इमान्दारीपूर्वक काम गर्न सम्बन्धीत विभागीय प्रमुख तथा कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा राजधानीमा आयोजित कार्यक्रममा सामान्य हिसाबले काम गरेर राजस्वको लक्ष्य भेट्न कठिन भन्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । उनले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीहरुले कार्य सम्पादन कमजोर बनाउन नहुने बताए ।
हाल आन्तरिक राजश्व विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक नरहेको र गत आर्थिक वर्षको तुलनामा अहिले प्रगति कमजोर देखिएको भन्दै उनले तोकिएको कार्य सम्पादनमा थप गम्भीर भएर लाग्न निर्देशन दिए ।
विगतका वर्षहरुको जस्तो पुरातन कार्यशैलीले अब राम्रो नतिजा आउन कठिन हुने र यस्तो असामान्य अवस्थामा सामान्य तरिकाको काम गराइले लक्षित राजस्व संकलन हुन नसक्ने जिकिर गर्दै अर्थमन्त्री पौडेलले कर प्रशासनलाई आधुनिकीकरण गर्ने, लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, करको दायरा विस्तार गर्ने, कर प्रशासनसँग जोडिएका काममा समय र लागत घटाउने गरी काम गर्नुपर्ने बताए ।
हाल अनिवार्य प्रकृतिका दायित्व बढ्दै गएको, सार्वजनिक ऋणको आकार ठूलो हुँदै गएको र साँवा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको अवस्थामा आन्तरिक राजश्वको दायरा बढाएर लक्ष्यअनुसार उपलब्धी हासिल गर्न सक्नुपर्ने अर्थमन्त्री पौडेलको जोड थियो ।
राज्यलाई कर तिर्नु भनेको हरेक नागरिकको कर्तव्य मात्र नभई गौरवको विषय रहेको बताउँदै उनले भने, ‘करदाता र कर प्रशासनबीच सौहार्दपूर्ण वातावरण बनाउन आवश्यक छ , कर प्रशासनले करदातालाई अनुचित ढंगले दुःख दिनु हुँदैन ।’
यसैगरी, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले मुलुकको समग्र अर्थतन्त्र चलायमान बनाउने र सहज लगानीको वातावरण तयार पार्न सके करको दायरा आफै बढ्ने बताए । राजस्व प्रशासनलाई कसरी सुधार गर्ने भनेर सरकारले काम गरिरहेको उनको भनाई थिाये ।
अहिले नेपालको अर्थतन्त्रमा केही सुस्तता देखिए पनि खराब अवस्थामा भने नरहेको दाबी गर्दै अर्थ सचिव घिमिरेले भने, ‘हामीले अर्थतन्त्र खराब छ भन्ने भाष्य बनाउन हुन्न, हाम्रो रफ्तार पर्याप्त छैन । तर, हिनताबोध गर्नुपर्ने अवस्था छैन ।’
हाल तरलता सहज अवस्थामा भए पनि लगानी र आर्थिक क्रियाकलाप विस्तार हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले निजी क्षेत्रको लगानी विस्तार हुन सकेन भने सरकारको लगानी मात्रले अर्थतन्त्र सुधार हुन नसक्ने बताए । उनले निजी क्षेत्र कसरी चलायमान हुन्छ र लगानी बढ्छ भन्नेबारे यो सरकार पर्याप्त छलफल भएको समेत जानकारी गराए ।
अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेले निजी क्षेत्रका समस्या सुन्न कर प्रशासन तयार रहेको बताए । उनले अहिले बजारमा समग्र मागमा संकुचन आएकोमा त्यसलाई सुधार गर्ने प्रतिबद्धता जनाए । सो कार्यक्रममा व्यक्तिगत आयकरतर्फ गत आर्थिक वर्ष सबैभन्दा बढी कर तिरेर सम्मानित भएका व्यवसायी राजबहादुर शाहले राजनीतिक अस्थिरताका कारण मुलुकमा लगानीका लागि उचित वातावरण तयार हुन नसकेको बताए। हरेक वर्ष देशभित्र नयाँ उद्योग खुल्नु पर्नेमा पछिल्ला वर्षहरूमा क्रमशः उद्योगहरू बन्द हुँदै गएको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।