२६ कात्तिक/अर्थ र व्यापार– बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि फेरि बैंकमा पैसा थुप्रिएको छ । अहिले बैंकहरुमा पैसा थुप्रिन थालेपछि बैंकिङ तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले थप ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बोलकबोल उपकरणमार्फत २१ दिनका लागि ५० अर्ब रुपैयाँ तान्न लागेको हो । यसका लागि राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ ।
राष्ट्र बैंकले गत २१ कात्तिकमा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब रुपैयाँ तानेको थियो ।
तपाईको प्रतिक्रिया