logo

अमेरिकी डलरको भाउ अत्यधिक बढेर नयाँ रेकर्डमा, वैदेशिक सामान आयातमा प्रभाव

    727   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार – अमेरिकी डलरको भाउ अत्यधिक बढेर नयाँ रेकर्डमा पुगेको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको भाउ प्रतिडलर १४ पैसा महँगिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३५ रुपैयाँ ३० पैसा भएको छ । यसैगरी, एक अमेरिकी डलरको खरिददर मूल्य १ सय ३४ रुपैयाँ ७० पैसा पुगेको छ । यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो ।
यसैगरी, साउदी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ २ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । राष्ट्र बैंकले शुक्रबारका लागि कतारी रियालको बिक्रीदर मूल्य ३७ रुपैयाँ १२ पैसा तथा खरिदर मूल्य ३६ रुपैयाँ ९६ पैसा तोकेको छ ।
त्यस्तै, यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ८४ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ६७ पैसा छ । एक मलेसियन रिंगिटको खरिददर मूल्य ३० रुपैयाँ ५९ पैसा रहँदा बिक्रीदर मूल्य ३० रुपैयाँ ७३ पैसा छ ।
त्यस्तै अस्ट्रेलियन डलरको बिक्रीदर मूल्य ८९ रुपैयाँ ७२ पैसा तथा खरिददर मूल्य ८९ रुपैयाँ ३३ पैसा छ ।
अमेरिकी डलर महँगिदा नेपालमा आयात हुने विदेशी मालसामानको भाउ अझै बढाउने भएकाले डलरको भाउ अत्यधिक भएपछि नेपाललाई धेरै असर पार्ने सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।
उनीहरुका अनुसार अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य अत्यधिक बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । नेपालमा मासिक औसत १ सय ३५ अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ । यसैगरी, नेपालबाट मुस्किलले मासिक करिब १४ अर्ब रुपैयाँ बराबरको मात्र सामान विदेश निर्यात हुने गरेको छ ।
यति ठूलो ब्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा नेपाललाई धेरै नोक्सानी पर्दछ । अमेरिकी डलरको मूल्य बढ्दा आयात हुने सबै वस्तु महँगिन जान्छ । यसले मुलुकमा मुद्रास्फिति बढ्ने जोखिम रहन्छ ।
सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपूर्जा, औद्योगिक कच्चा पदार्थ समेत महँगिन जान्छ । डलरको भाउ अकासिएपछि एउटै परिमाणमा आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्ने हुन्छ ।
अमेरिकी डलरको भाउ महँगिदा दैनिक उपभोग्य वस्तु महँगिने, निर्माण आयोजना तथा पूर्वाधारको लागत बढ्ने समस्या देखिन्छ । डलरको भाउ बढ्दा पर्यटन र रेमिट्यान्स क्षेत्रबाट भने नेपाललाई हुने आम्दानी रुपैयाँमा केही बढी देखिन जान्छ । पर्यटन सेवाबाट डलरमा लिने आम्दानी बढ्ने र अमेरिकी डलरमा मासिक तलब खाएर नेपाल रेमिट्यान्स पठाउनेहरु भने मालामाल हुने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।