logo

अमेरिकी डलरको भाउ अत्यधिक बढेर नयाँ रेकर्डमा, वैदेशिक सामान आयातमा प्रभाव

    456   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार – अमेरिकी डलरको भाउ अत्यधिक बढेर नयाँ रेकर्डमा पुगेको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको भाउ प्रतिडलर १४ पैसा महँगिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३५ रुपैयाँ ३० पैसा भएको छ । यसैगरी, एक अमेरिकी डलरको खरिददर मूल्य १ सय ३४ रुपैयाँ ७० पैसा पुगेको छ । यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो ।
यसैगरी, साउदी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ २ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । राष्ट्र बैंकले शुक्रबारका लागि कतारी रियालको बिक्रीदर मूल्य ३७ रुपैयाँ १२ पैसा तथा खरिदर मूल्य ३६ रुपैयाँ ९६ पैसा तोकेको छ ।
त्यस्तै, यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ८४ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ६७ पैसा छ । एक मलेसियन रिंगिटको खरिददर मूल्य ३० रुपैयाँ ५९ पैसा रहँदा बिक्रीदर मूल्य ३० रुपैयाँ ७३ पैसा छ ।
त्यस्तै अस्ट्रेलियन डलरको बिक्रीदर मूल्य ८९ रुपैयाँ ७२ पैसा तथा खरिददर मूल्य ८९ रुपैयाँ ३३ पैसा छ ।
अमेरिकी डलर महँगिदा नेपालमा आयात हुने विदेशी मालसामानको भाउ अझै बढाउने भएकाले डलरको भाउ अत्यधिक भएपछि नेपाललाई धेरै असर पार्ने सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।
उनीहरुका अनुसार अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य अत्यधिक बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । नेपालमा मासिक औसत १ सय ३५ अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ । यसैगरी, नेपालबाट मुस्किलले मासिक करिब १४ अर्ब रुपैयाँ बराबरको मात्र सामान विदेश निर्यात हुने गरेको छ ।
यति ठूलो ब्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा नेपाललाई धेरै नोक्सानी पर्दछ । अमेरिकी डलरको मूल्य बढ्दा आयात हुने सबै वस्तु महँगिन जान्छ । यसले मुलुकमा मुद्रास्फिति बढ्ने जोखिम रहन्छ ।
सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपूर्जा, औद्योगिक कच्चा पदार्थ समेत महँगिन जान्छ । डलरको भाउ अकासिएपछि एउटै परिमाणमा आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्ने हुन्छ ।
अमेरिकी डलरको भाउ महँगिदा दैनिक उपभोग्य वस्तु महँगिने, निर्माण आयोजना तथा पूर्वाधारको लागत बढ्ने समस्या देखिन्छ । डलरको भाउ बढ्दा पर्यटन र रेमिट्यान्स क्षेत्रबाट भने नेपाललाई हुने आम्दानी रुपैयाँमा केही बढी देखिन जान्छ । पर्यटन सेवाबाट डलरमा लिने आम्दानी बढ्ने र अमेरिकी डलरमा मासिक तलब खाएर नेपाल रेमिट्यान्स पठाउनेहरु भने मालामाल हुने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।