logo

पुर्नबीमा कम्पनीको बुझाइ नै भएन : प्राधिकरण अध्यक्ष सिलवाल

    698   पटक पढिएको


२२ कात्तिक/अर्थ र व्यापार – नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुर्नबीमा कम्पनीको बुझाई नै नभएको पाईएको बताएका छन् ।  नेपाल पुर्नबीमा कम्पनीको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
अहिलेसम्म सम्बन्धीत बीमा सेवाप्रदायक कम्पनीहरुले गर्दै आएका विविध जनचेतनामुलक कार्यक्रम अपेक्षाकृत रुपमा लक्षित वर्गमा नगुगेको धारणा राख्दै अध्यक्ष सिलवालले भने, ‘पुर्नबीमा कम्पनीले अहिलेको बजार के हो र बजारले के खोज्छ भन्नेबारे राम्रोसित अध्ययन गर्नुप¥यो, अहिले हामीले लागू गरिरहेको दररेट ठीक छ वा छैन हेर्नुपर्छ ।’
उनले १० वर्षअगाडि जुन दर रेट छ त्यसैमा गर्न खोज्यो भने कसैले पनि स्वीकार गर्न नसक्ने भएकाले सम्बन्धीत सरोकारवालाहरु थप गम्भिर हुनुपर्ने बताए । उनले सबै बीमा कम्पनीको विवरण संकलनगरि बजारको वास्तविक अवस्थाबारे थप अध्ययन तथा विश्लेषण गर्न पनि पुर्नबीमा कम्पनीहरुलाई निर्देशन दिए । ‘अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बीमा कम्पनीहरुलाई तपाइँहरुले सीप विकास तालिम दिनुपर्छ’, अध्यक्ष सिलवालले भने ।
उनले आतंकवाद बीमा शुल्क थोपरेर बीमितलाई भार नपार्न पनि निर्देशन दिए । उनले अनिवार्य गरिएको आतंकवाद बीमासम्बन्धी व्यवस्था अब ऐच्छिक हुनुपर्ने धारणा राखे । बीमा बजार ठूलो भइसकेकोले अब पुनर्बीमा कम्पनीहरुले चुक्तापुँजी २० अर्ब रुपैयाँ पु¥याउनै पर्ने अध्यक्ष सिलवालको निर्देशन थियो ।
दैनिक बदलिंदो अवस्थामा रहेको समयले कसैलाई रोक्न नसक्ने भएकाले अब समयको माग अनुरुप बीमा बजारलाई व्यवस्थित बनाइनुपर्छ भन्नेतर्फ सबैको ध्यान जानु आवस्यक भएको बताउँदै उनले भने, ‘त्यसैले बजार ठूलो भइसकेको छ, अब न्यूनतम चुक्तापुँजी पु¥याएर बजारमा स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ ।’ उनले यो अवसर पनि भएकाले समयअनुकुलको बजार विस्तारमा नै सफलता पाइने बताए ।
अध्यक्ष सिलवालले नियामकको निर्देशन सरकारी र निजी दुवै कम्पनीले पालना गर्नुपर्ने बताए । दुवै कम्पनीलाई एउटै बीमा ऐन लागू हुन्छ भन्दै उनले ‘नियामकको निर्देशन अक्षरश पालना गर्नुपर्नेमा जोड दिए ।
नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापाले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा थप सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको बताए । कम्पनीको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा सीईओ थापाले अन्तर्राष्ट्रियस्तरको पुर्नबीमा कम्पनीसँग पुर्नबीमा गर्दै दीर्घकालीन पुर्नबीमा सम्बन्ध सफल भएको बताए ।
उनले अब अन्तर्राष्ट्रिय बजारमा थप सेवा विस्तार गरिने जानकारी दिए । उनले हाल भारत, भुटान, फिलिपिन्स, माल्दिभ्सजस्ता एसिया तथा अफ्रिका करिब १३ देशमा यस कम्पनीले पुर्नबीमा सेवाबाट कुल बीमाशुल्क ८ प्रतिशत बीमाशुल्क प्राप्त गर्न सफल भएको बताए ।
यसैगरी, विदेशबाट पुर्नबीमाबाट आर्जित रकम विभिन्न क्षेत्रमा लगानी गरी राष्ट्रिय वित्तीय परिचालन गर्दै आएको जानकारी गराउँदै थापाले यस कम्पनीको सफ्टवेयर र भवन निर्माण कार्य अन्तिम चरण पुगेको बताए । उनले यी कार्य चालु आर्थिक वर्षबाटै थालिने बताए ।
राष्ट्रिय महत्वको पुर्नबीमाका सम्बन्धमा नियमनकारी निकायको निर्देशन र बीमकको आवश्यकता तथा आम नेपालीको हितका लागि पुर्नबीमा, वैदेशिक रोजगार बीमा, मोटर बीमाको तेस्रो पक्ष, कृषि बीमा क्षेत्रमा पुर्नबीमा सेवा प्रदान गर्दै आएको सीईओ थापाले जानकारी दिए ।
यस कम्पनीले निर्जीवन तथा जीवन दुवै बीमा कम्पनीको पुर्नबीमा गर्ने इजाजत पाएको बताउँदै उनले भने, ‘स्थापनाकालदेखि विभिन्न पुर्नबीमा सम्झौतालगायत बीमा सेवा प्रदान हुँदै आएको छ ।’
पुर्नबीमा सेवा अन्तर्राष्ट्रिय बजारबाट हुन नसक्दाको विषम परिस्थितिमा नियमनकारी निकायको सक्रिय र सरकारको ५१ प्रतिशत शेयर र बाँकी ४९ प्रतिशत र्निजीवन बीमकसमेत रहनेगरी सार्वजनिक तथा निजी साझेदार मोडलमा सन् २००३ मा स्थापना भई पुर्नबीमा सेवाको आवश्यकता र विदेशी मुद्राको सन्तुलन कायम गर्न यो कम्पनीको स्थापना भएको पनि उनले जानकारी दिए ।
यसैगरी, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपालमा नै पुनर्बीमा सेवा पाएकोमा खुसी व्यक्त गरे । नेपाल पुर्नबीमा कम्पनीले स्थापनाको ११ वर्ष पूरा गरेकोमा पनि आफूहरुलाई गौरभ लागेको बताउँदै पौडेलले भने, ‘हामीले पाउने सेवा ढोकामा नै पाएका छौँ’, ‘अझै धेरै गर्न बाँकी छ ।’ अहिले कम्पनीले नयाँ सीइओ पाएको र अझै इन्स्योरेन्स कम्पनीहरुले पुर्नबीमाबाट पाउने सेवा र कम्पनीले दिने साथकाबारेमा धेरै पाउने हामीले आशा गरेका छौं भन्दै उनले यसमा यस कम्पनीले राम्रो सेवा दिने अपेक्षा गरिएको बताए ।
सो कार्यक्रममा नेपाल बीमक संघका उपाध्यक्ष एवं सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ वीरेन्द्र बैदवारले नेपाल पुर्नबीमा कम्पनीलाई आगामी १÷२ वर्षमा टिनेजर भन्न मिल्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।