logo

दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछौँ:उद्योगमन्त्री भण्डारी

    511   पटक पढिएको


११ भदौ/अर्थ र व्यापार – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने बताएका छन् ।
मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै भण्डारीले मुलुकको उद्योग,व्यापार,वैदेशिक अनुदान,रोजगारी सिर्जना र अन्य नीतिहरूमा समेत काम गरिरहेको बताएका हुन् ।
मन्त्री भण्डारीले मन्त्रालयले वाणिज्य क्षेत्रका अहिलेका व्यापार नीतिहरूमा कूटनीतिक पहल गर्ने काम गरिरहेको बताए । सरकारले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी प्राथमिकताका साथ तयारीका गरी विकासशील राष्ट्रको सूचिमा सूचीकृत हुने तयारी गरेको उनको भनाई थियो ।

मन्त्री भण्डारीले भूपरिवेष्टित,वाणिज्य नीति,अन्तर्देशीय सम्झौता लगायतका समस्याका विषयमा विमस्टेकमा पनि स्पष्ट रूपमा धारणा राखेको बताए । उनले नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरोन्नतिले पार्ने चुनौती र असरका दुवै रहेको बताए ।
उनले भने, ‘मुलुकको अर्थतन्त्रमा कुनै बेलामा १३ प्रतिशत योगदान थियो । आज त्यो खुम्चिएर ४ देखि ५ प्रतिशतको आसपासमा पुगेको छ । मुलुकको उत्पादन र उत्पादकत्व घटेको छ । कृषिको योगदान घटेको छ । यसले मुलुकको जिडिपीमा जसरी वृद्धि हुनुपर्ने हो । त्यसरी बढ्न सकेन । यो विषयमा सरकार संवेदनशील छ ।
सरकारको नीति तथा कार्यक्रममा कृषि दशकको रूपमा घोषणा गरेको छ । त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र अहिलेको चुनौती पार गर्न सबैभन्दा पहिला प्राथमिकता उत्पादन र उत्पादकत्व वृद्धि गर्ने हो । त्यसमा दुई वटा क्षेत्रहरू कृषिमा आधारित उद्योगलाई प्रोत्साहन गरी आवश्यक नीतिहरूलाई परिमार्जनमा केन्द्रित हुनुपर्ने,उद्योगको योगदान जीडिपीमा बढाउनु पर्ने आवश्यकता छ । त्यसको लागि लगानीमैत्री वातावरण आजको आवश्यकता हो ।
अहिले मुलुकको व्यापार घाटा अर्थात् व्यापार असन्तुलन सन्तुलन कायम हुनसक्ने गरी सामना गरिरहेका छौँ । त्यसका आफ्नै खालका जटिलताहरू छन् । खुला सीमा हामीसँग छ । भूपरिवेष्टितका समस्या भएकाले विमिस्टेकमा पनि स्पष्ट रूपमा धारणा राखेका छौँ । टिफामा क्षेत्रीय स्तरमा गरिएका सम्झौताहरू छन् ।
मन्त्रालय ६ महिना र एक वर्षमा सुधारको केही तयारीहरू गरेको छ । मन्त्रालयका दैनिक आवश्यकताहरूका विषयमा प्रधानमन्त्रीले निर्देशन गर्नुभएको छ । मन्त्रालय वाणिज्य क्षेत्रका अहिलेका व्यापार नीतिहरूमा सरकारले गरेका कूटनीतिक पहल गर्नुपर्ने छ । सरकारले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी प्राथमिकता र तयारीका साथ विकासशील राष्ट्रको सूचिमा अग्रसर हुन सबै प्रकारका प्रयास गर्छ । त्यही अनुसार अगाडि बढेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।