logo

असल व्यवसायी बन्नु, सरकार साथमा छ :अर्थमन्त्री

    521   पटक पढिएको


११ भदौ/अर्थ र व्यापार – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असल व्यावासायी बनेर काम गरे सहयोग गर्ने बताएका छन् । नाडा अटो शोको उद्घाटन समारोहमा उनले अफ्ठ्यारो भने सरकार व्यासायीको साथमा रहेको बताएका हुन्।
नाडा अध्यक्ष करण चौधरीले सरकारबाट नीतिगत योजना माग्दै त्रासको वातावरण नभएमात्रै काम गर्न सक्ने बताएका थिए। यस्तै, अन्य व्यवसायीले पनि सुरक्षाको प्रत्याभूति खोजेका थिए। उद्योगीले त्रासमुक्त वातावरण माग्दा अर्थमन्त्रीले भने, ‘ धेरै साथीहरुले व्यवसायीहरुले राज्यले दुःख दियो भन्नू भयो। तपाईंहरु असल व्यवसायी भएर काम गर्नुस सरकारले सहयोग गर्छ। केही अफ्ठ्यारो परे भन्नुस।’
अर्थमन्त्री पौडेलले आफूलाई काम गर्ने की भाषण गर्दै हिँड्ने भन्ने विषयमा नै अन्यौल रहेको बताउँदै अनौपचारिक कार्यक्रममा नबोलाउन भने।
‘बोलाउनु भन्दा काम गर्नुस भने राम्रो हुने हो। नाडा अटो सोलाई शुभकामना दिन चाहन्छु,’ उनले भने। उनले व्यवासायीले उठाएको नीतिगत स्थिरताको मागलाई सरकारले सम्बोधन गर्ने समेत बताए।
‘नीतिगत स्थिरता कायम गर्न सरकार लागि परेको छ । यो अटो क्षेत्र सबैको हो। तपाईंहरु ट्रेडिङ हुदै उद्योग जाने कुरा राम्रो छ,’ उनले भने। भूगोलमा हिसाबले नेपाल सानो भए पनि गुणस्तरीय काम गर्न पौडेलले अटो व्यवसायीलाई आह्वान गर्दै भने, ‘अटो क्षेत्र अन्तर्राष्ट्रिय बजार जान सक्छ।’ उनले अटो क्षेत्र मात्र नभएर अर्थतन्त्रका सबै क्षेत्रमा परिमार्जन गर्दै जाने सोच सरकारको रहेको बताए ।
मौद्रिक नीति सबै क्षेत्रले भने जस्तो नभए पनि अर्थतन्त्र चलायमान बनाउन गरि ल्याएका छौं भन्दै उनले नडा अटो क्षेत्रले राजस्वमा ठुलो योगदान दिएको बताए । उनले पूर्वाधार निर्माणलाई पनि समयमै सन्पन्न गर्ने गरि सरकार अघि बढेको बताए।
कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले पौडेलसामु अटोमोबाइल पारदर्शी बिजनेस भएको र छलकपट नगरेको बताएका थिए । सो अवसरमा उनले व्यवसायीलाई त्रासबाट मुक्त दिलाएमात्रै व्यवसायीले काम गर्न सक्ने अर्थमन्त्रीलाई भनेका थिए।
‘ट्रेडिङबाट सुरु भएको अटो क्षेत्र इन्डस्ट्रीमा परिणत भएको छ । नेपालमा धेरै पार्ट्सहरु देखि गाडीहरु नै उत्पादन हुने माहोल बनेको छ । तर यसरी व्यवसायीले गरेको लगानीमा सरकारको नीतिले समस्या पार्ने गरेको छ,’ उनले भने। एक खर्ब लगानी गरेको अटो व्यवासायीलाई सरकारले नै सहयोग गर्न नसकेको उनको भनाइ छ।
‘औसतमा अटो क्षेत्रले राजश्वमा २० प्रतिशत योगदान गरेको छ । अहिलेको सरकार माथि ठुलो आशा छ । सरकारले स्थिर नीति बनाउनेतर्फ लाग्छ भन्ने हाम्रो विश्वस छ,’ चौधरीले भने, ‘सरकारले अटो क्षेत्रलाई प्राथमिकतामा राखोस । हामी डाउनग्रेडमा जानु नपरोस्।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।