logo

चेक अनादर गर्नेलाई दुईवर्ष कैद गर्छौं:अर्थमन्त्री, जेल नकोचौं जरिवाना बढी तोकौं:सांसद

    948   पटक पढिएको


९ भदौं/अर्थ र व्यापार – चेक अनादर (चेक बाउन्स) गर्नेलाई २ वर्ष कैद सजाय हुनेगरी कानुनी व्यवस्था भइरहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा संजाय विधेयक २०८० (दोस्रो संशोधन) मस्यौदाको छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
चेक अनादर भएको प्रमाणित भएमा चेकजारी गरिदिने खातावालाबाट धारकलाई जरिवाना तथा कैदको सजाय गर्न आवश्यक भएकाले दण्ड रकम तोकिएको हो । उनका अनुसार पछिल्लो समय बैंकिङ कसुर तथा चेक अनुदारका घटना बढ्दै गएका छन् ।
अधिकतम् ५० लाखसम्म बिगो भएमा २ वर्ष कैदको व्यवस्था कायम हुने बताइएको छ । अर्थमन्त्री पौडेलले सहकारी बैंकले राष्ट्र बैंकबाट अनुमति नलिई कारोबार गर्न नपाउने व्यवस्था बनिरहेको बताए ।
प्रतिनिधि सभा सदस्य तथा सांसद पदम गिरिले भने चेक अनादरको विषय जटिल रहेको र आगामी दिनमा ठगिनेलाई सहयोग पुग्ने बताएका छन् । साथै सो विद्येयकको दफावार छलफल आवश्यक रहेको उनले बताए ।
प्रतिनिधि सभा सदस्य तथा सांसद स्वर्णिम वाग्ले चेक अनादरका मुद्दामा जेल कोच्नेभन्दा पनि जरिवाना रकम बढाउनुपर्ने बताउँछन् । उनका अनुसार जरिवाना रकम बढी भयो भने उसले दुष्कर्म गर्न सक्दैन । बैंकिङ क्षेत्रमा विदेशी अभ्यास अवलम्बन गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।
बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० मा चेक अनादरको सजायलाई बैंकिङ कसुर बनाउने प्रस्ताव गरिएको छ ।
प्रस्तावित व्यवस्था अनुसार खातामा पैसा नभए पनि चेक जारी गर्ने अथवा भएपनि चेक साट्न पर्याप्त रकम नभएको अवस्था प्रमाणित भएमा त्यस्तो चेक जारी गर्नेलाई २ वर्षसम्म जेल सजायको व्यवस्था गर्न लागिएको छ । विगतमा चेक बाउन्सको सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या पर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।