७ भदौ/अर्थ र व्यापार – बजारमा खपत बढ्न थालेपछि कुखुराको मासुको मूल्य वृद्धि भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागू हुने जिउँदो कुखुराको मूल्य बढाएपछि कुखुराको मासुको मुल्य फेरी महंगिएको हो ।
संघका अनुसार बोइलर कुखुराको मूल्य प्रतिकेजी १० रुपैयाँ बढेर २५० रुपैयाँ कायम भएको छ । तयारी मासुको उपभोक्ता मूल्य प्रतिकेजी ३ सय ३५ रुपैयाँबाट ३ सय ५० रुपैयाँ पुगेको छ । कतिपय पसलले प्रतिकेजी ३ सय ६० रुपैयाँ लिने गरेका छन्। अहिले बजारमा मासुको भाउमा एकरुपता छैन। पसल र ठाउँ अनुसार मूल्य फरक छ ।
साउन महिना मासुको खपत ५० प्रतिशतसम्म कम भएका कारण मूल्य केही घटेको थियो । भदौ लागेपछि चार्डपर्व सुरुहुन थालेकाले खपत र माग बढ्दा मूल्य पनि धमाधम बढ्न थालेको हो । संघका अनुसार सामान्य अवस्थामा कुखुराको मासु देशभर दैनिक ५ लाख केजीभन्दा बढी खपत हुने गरेको छ ।
तपाईको प्रतिक्रिया