logo

कुचिएका र म्याद गुज्रिएका ग्यास सिलिण्डर बजारमा नपठाउने उद्योगीको प्रतिबद्धता

    823   पटक पढिएको


२९ साउन/अर्थ र व्यापार – ग्यास उद्योगीले कुचिएका र म्याद गुज्रिएका सिलिण्डर बजारमा नपठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आयल निगमले मंगलबार बोलाएको बिक्रेतासहितको छलफलमा उद्योगीले असुरक्षित सिलिण्डर बजारमा नपठाउने प्रतिबद्धता जनाएका हुन्।
‘कुचिएर कामै नलाग्ने सिलिण्डरमा समेत ग्यास भरेर पठाउने गरिएको भेटिएको थियो। त्यसलाई रोक्ने प्रतिबद्धता उद्योगीबाट आएको छ,’ निगमका एक कर्मचारीले भने, ‘बिक्रेताले पनि उद्योगबाट आएका त्यस्ता सिलिण्डर उपभोक्तालाई नदिने प्रतिबद्धता जनाएका छन्।’

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बजारमा असुरक्षित सिलिण्डर गएको प्रति गम्भीर चासो व्यक्त गरेपछि उद्योगी र बिक्रेताले सो प्रतिबद्धता जनाएका हुन्।
ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र थापाले उपभोक्ताप्रति जवाफदेही हुनुपर्ने भन्दै सुरक्षित ग्यास पु¥याउन प्रतिबद्ध रहेको बताए।
निगमले चारवर्षसम्म ग्यास बोटलिङ प्लान्टको अनुगमन नगरेपछि केही उद्योगीले कामै नलाग्ने सिलिण्डरमा ग्यास भरेर पठाउन थालेका थिए।
अहिले गरिएको अनुगमनको क्रममा उपत्यकामै सगरमाथा ग्यास उद्योगले असुरक्षित सिलिण्डरमा ग्यास भरेर पठाएको भेटिएको थियो। त्यसपछि निगमले काभ्रेमा रहेको सो उद्योगको अनुगमन गरेको थिया े। अनुगमनका क्रममा १२५ वटा सिलिण्डर कामै नलाग्ने भेटिएका थिए।
असुरक्षित रुपमा ग्यास बिक्री वितरण गरेको पाइएपछि निगमले सगरमाथा ग्यासको खरीद आदेश रोक्का राखेको छ । निगमले देशभर रहेका ग्यास बोटलिङ प्लान्टको समेत अनुगमन गर्ने निर्णय गरिसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।