logo

नेपालीले भारतमा १ लाख भारुसम्म क्यूआरबाट भुक्तानी गर्न सक्ने ,राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालकलाई राख्यो विभिन्न सर्त

    863   पटक पढिएको

१४ असार/अर्थ र व्यापार – नेपालीले अब भारत र भुटानमा गएर क्यूआर मार्फत मासिक १ लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्ने संस्थालाई जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले क्यूआर लगायत विद्युतीय माध्यमबाट विदेशी मुद्रामा हुने अन्तरदेशीय रिटेल पेमेन्ट अन्तर्गतको मर्चेन्ट पमेन्टको भुक्तानी प्राप्ति र भुक्तानी जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

भुक्तानी प्रणाली विभागले उक्त व्यवस्था नगर्दै नेपालमा भुक्तानी प्रणाली सञ्चालकहरूले भुक्तानी प्राप्त गर्न सुरु गरेका थिए । भुक्तानी प्रणाली विभागले भुक्तानी जारी गर्न सक्ने र विदेशी विनिमय व्यवस्थापन विभागले भारतमा क्यूआर र विद्युतीय माध्यमबाट नेपालीले गर्ने कारोबारको सीमा तोकेको छ । यससँगै अब नेपालीले पनि भारतमा क्यूआर मार्फत भुक्तानी गर्न पाउने छन् ।
भारतीय रुपैयाँको सटही सुविधा क्यूआर कोड र विद्युतीय माध्यमबाट भारत र भुटानमा भुक्तानी हुने गरी समेत उपलब्ध गराउने सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । ‘भारतीय रुपैयाँको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खातामा आवद्ध क्यूआर कोड लगायतका विद्युतीय माध्यम (कार्ड बाहेक) मार्फत भारत र भुटानमा भुक्तानी हुने गरी समेत उपलब्ध गराउन सकिनेछ,’ राष्ट्र बैंकको विदेशी विनियम कारोबार गर्ने संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशिका संशोधनमा उल्लेख छ ।
यसरी सटही सुविधा उपलब्ध गराउँदा राष्ट्रिय भुक्तानी स्वीच पूर्णरूपमा सञ्चालनमा नआएसम्म सो अन्तर्गतको रिटेल पमेन्ट स्विचको माध्यमबाट प्रदान गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

यस्तो भुक्तानी अहिले डेबिट, क्रेडिट र प्रिपेड कार्ड लगायतका इलेक्ट्रोनिक कार्डमा मात्रै रहेकोमा अब क्यूआर कोड र अन्य विद्युतीय कारोबारमा समेत पाइने भएको हो ।
हाल कार्ड मार्फत वस्तु तथा सेवा खरिद गर्दा गरिने भुक्तानीको हकमा एकै पटक वा पटक–पटक गरी मासिक भारतीय रुपैयाँ १ लाखसम्म मात्र भुक्तानी गर्न सकिनेछ ।
अब क्यूआर र विद्युतीय भुक्तानी समेत सोही सीमा लागु हुने छ । कार्डबाट हुने भुक्तानी जस्तै क्यूआर र विद्युतीय माध्यमबाट पनि होटल, हस्पिटल (हस्पिटल र रिसर्च सेन्टर लगायत समेत) र औषधि पसलमा गरिने भुक्तानीको हकमा उक्त सीमा लागु हुने छैन ।

अन्तरदेशीय भुक्तानीमा भुक्तानी प्रणाली सञ्चालकलाई ५ सर्त
अहिलेसम्म दुई देशका भुक्तानी प्रणाली सञ्चालकबीच भएको दुई पक्षीय सम्झौताको आधारमा ‘फोन पे’ ले भारतीय नागरिकले नेपालमा क्यूआर र विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेको थियो । अब भने राष्ट्र बैंकले तोकेको ५ वटा सर्त पूरा गर्नु पर्ने भएको छ । राष्ट्रिय भुक्तानी स्विच पूर्णरूपमा सञ्चालनमा नआउँदासम्म सोही अन्तर्गतको रिटेल पमेन्ट स्विच मार्फत भुक्तानी गर्न सकिने छ ।राष्ट्र बैंकले राख्यो विभिन्न सर्तहरु राखेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।