logo

३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने छ : प्रधानमन्त्री

    477   पटक पढिएको


६ असार/अर्थ र व्यापार– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ करोड रुपैयाँभन्दा कमका योजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्ने बताएका छन् ।
संघीय सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा एक लाख रुपैयाँका समेत धेरै आयोजना राखिएको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री दाहालले ३ करोड रुपैयाँसम्मका आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गर्ने बताएका हुन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नेकपा एमालेका सांसद ठाकुर गैरेले तीन करोड रुपैयाँ भन्दा कमका आयोजना नल्याउने घोषणा किन कार्यान्वयन गरिएन भनेर सोधेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नामै लिएर उनले एक लाख, पाँच लाख, दश लाखका योजनाहरु हजारौंको संख्यामा राखेको बताएका थिए । जवाफमा प्रधानमन्त्री दाहालले ठूला आयोजना मात्रै संघबाट कार्यान्वयन हुने बताए ।
‘सरकारले बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा आयोजनाहरुबीच दोहोरोपन हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने, मझौला प्रकृतिका आयोजना प्रदेशबाट र साना आयोजना स्थानीय सरकारबाट कार्यान्वयन गर्ने विषयमा सरकार अहिले पनि स्पष्ट र दृढ रहेको जानकारी गराउन चाहन्छु’, प्रधानमन्त्री दाहालले आफ्नो लिखित जवाफमा भने ।
उनले कम रकम विनियोजन भएका आयोजना वित्तीय हस्तान्तरण अन्तर्गत सशर्त अनुदानको योजनाका रुपमा प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गरिने बताए ।
‘वित्तीय हस्तान्तरण अन्तर्गत सशर्त अनुदान तर्फका कतिपय आयोजना सम्पन्न गर्ने कार्यका लागि केही आयोजना तथा कार्यक्रमहरुमा कम रकम देखिए भएपनि ३ करोड रुपैयाँ भन्दा कम रकम विनियोजन भएका आयोजनाहरुलाई प्रदेश तथा स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी अगाडि बढाइने ब्यहोरा समेत म जानकारी गराउन चाहन्छु’ प्रधानमन्त्री दाहालले भने ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।