logo

अकस्मात पेट्रोल पम्पमा किन यस्तो भीड, सरकार मुकदर्शक

भद्रकालीस्थित नेपाली सेनाको पम्पमा पनि इन्धन सकियो

    802   पटक पढिएको

३ असार/अर्थ र व्यापार – आइतबार दिउसोदेखि अकस्मात काठमाडौको पेट्रोल पम्पमा देखिएको भीड सोमबार निकै अत्यासलाग्दो भईसकेको छ । अहिलेको चर्को खाममा लामो समय लाइनमा बस्दापनि इन्धन भर्न नपाएपछि उपभोक्ता थप मारमा परेका छन ।
अत्यधिक भीडकाबीच सोमबार दिउँसोबाट नेपाली सेनाले काठमाडौंको भद्रकालीमा सञ्चालन गरेको रिपुमर्दिनी पेट्रोल पम्पमा पनि पेट्रोल र डिजेल अभाव भएको छ ।
भद्रकालीको पम्पमा पेट्रोल÷डिजेल छैन लेखिएको बोर्ड झुण्ड्याइएको छ । सेनाको पम्पमा समेत इन्धन सकिएर बन्द हुँदा इन्धन भर्ने प्रतिक्षामा लामो समयदेखि लाइनमा बसिरहेकाहरु निकै समस्यामा परेका छन् ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका हुन् । अधिकांश निजी पेट्रोल पम्पहरुले बिक्री वितरण बन्द गर्दा नेपाली सेना र नक्शालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पबाट भने बिक्री भइरहेको थियो ।
सीमित पेट्रोल पम्पहरु खुल्दा दुई पांग्रे र चार पांग्रे सवारी साधनहरुको लामो लाइन लागेको छ । भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प अगाडि पनि सवारी साधनहरुको लामो लाइन लागेको थियो ।

यसैगरी, सामाखुसी धापासीस्थित प्रहरीको पेट्रोलको पनि सोमबार बिहानैदेखि इन्धन भर्नेहरुको ठुलो भीड लागेको छ । यस्तो भीड लागेर सर्वसाधारण इन्धन भर्नकालागि चर्को घाममा लामो समय लाइनमा बस्दा समेत अहिलेसम्म उपभोक्ताको यस्तो दुःखबारे सरकारले केही बोलेको छैन । यस्तो अवस्थामा सरकारले समस्या पहिचान गरि तत्काल समस्या समाधानको पहल गर्नुपर्नेमा अहिलेको सरकार मुकदर्शक भएको आम उपभोक्ताको गुनासो छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।