logo

अकस्मात पेट्रोल पम्पमा किन यस्तो भीड, सरकार मुकदर्शक

भद्रकालीस्थित नेपाली सेनाको पम्पमा पनि इन्धन सकियो

    547   पटक पढिएको

३ असार/अर्थ र व्यापार – आइतबार दिउसोदेखि अकस्मात काठमाडौको पेट्रोल पम्पमा देखिएको भीड सोमबार निकै अत्यासलाग्दो भईसकेको छ । अहिलेको चर्को खाममा लामो समय लाइनमा बस्दापनि इन्धन भर्न नपाएपछि उपभोक्ता थप मारमा परेका छन ।
अत्यधिक भीडकाबीच सोमबार दिउँसोबाट नेपाली सेनाले काठमाडौंको भद्रकालीमा सञ्चालन गरेको रिपुमर्दिनी पेट्रोल पम्पमा पनि पेट्रोल र डिजेल अभाव भएको छ ।
भद्रकालीको पम्पमा पेट्रोल÷डिजेल छैन लेखिएको बोर्ड झुण्ड्याइएको छ । सेनाको पम्पमा समेत इन्धन सकिएर बन्द हुँदा इन्धन भर्ने प्रतिक्षामा लामो समयदेखि लाइनमा बसिरहेकाहरु निकै समस्यामा परेका छन् ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका हुन् । अधिकांश निजी पेट्रोल पम्पहरुले बिक्री वितरण बन्द गर्दा नेपाली सेना र नक्शालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पबाट भने बिक्री भइरहेको थियो ।
सीमित पेट्रोल पम्पहरु खुल्दा दुई पांग्रे र चार पांग्रे सवारी साधनहरुको लामो लाइन लागेको छ । भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प अगाडि पनि सवारी साधनहरुको लामो लाइन लागेको थियो ।

यसैगरी, सामाखुसी धापासीस्थित प्रहरीको पेट्रोलको पनि सोमबार बिहानैदेखि इन्धन भर्नेहरुको ठुलो भीड लागेको छ । यस्तो भीड लागेर सर्वसाधारण इन्धन भर्नकालागि चर्को घाममा लामो समय लाइनमा बस्दा समेत अहिलेसम्म उपभोक्ताको यस्तो दुःखबारे सरकारले केही बोलेको छैन । यस्तो अवस्थामा सरकारले समस्या पहिचान गरि तत्काल समस्या समाधानको पहल गर्नुपर्नेमा अहिलेको सरकार मुकदर्शक भएको आम उपभोक्ताको गुनासो छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।