logo

सडक विभागको महानिर्देशकमा पोखरेल, रेल विभागमा मूल

    204   पटक पढिएको


३१ जेठ/अर्थ र व्यापार – सडक विभागको महानिर्देशकमा रामहरि पोखरेल नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासठेले पोखरेललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेका हुन् ।
पोखरेल हाल विभागको योजना हेर्ने उपमहानिर्देशकका रुपमा कार्यरत थिए । उनी यसअघि विभागको विकास सहायता माहाशाखा प्रमुखका रुपमा समेत काम गरिसकेका कर्मचारी हुन् ।
विभागका हालका महानिर्देशक सुशीलबाबु ढकाल मन्त्रालयको योजना महाशाखा प्रमुखमा सरुवा भएका छन् । नारायणाकजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्री भएका बेला उनी महानिर्देशक भएका थिए ।
यसैगरी, मन्त्रालयका योजना महाशाखा प्रमुख रहेका सुपरिटेन्डेन्ट इन्जिनियर (सुई) उमेशविन्दु श्रेष्ठलाई सडक विभागको योजना हेर्ने उपमहानिर्देशक पदमा सरुवा गरिएको छ । रोहितकुमार बिसुरालको अवकासपछि रिक्त रहेको रेल विभागको महानिर्देशकमा हुलाकी राजमार्ग आयोजना प्रमुख रहेका अजयकुमार मूल नियुक्त भएका छन् ।
अर्को सुपरिटेन्डेन्ट इन्जिनियर (सुई) रवीन्द्रप्रसाद दासलाई संघीय सुपरीवेक्षण कार्यालय दकममा जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।