logo

अब बैंकको कर्जा असुली सहज हुन्छ: गभर्नर अधिकारी

    565   पटक पढिएको


१४ वैशाख/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बैंकको कर्जा असुली सहज हुने बताएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा गर्भनर अधिकारीले यस्तो बताएका हुन् ।
उनले विश्वको मुद्रास्फीति सुधारोन्मुख भएकाले नेपालको अर्थतन्त्रमा सुधार हुने अनुमान गरेका छन् । ‘चालु आवमा रेमिट्यान्स उच्च रहेको छ । यसले ब्याजदरमा परेको चाप कम भएको छ, आर्थिक गतिविधिमा सिथिलता आउँदा बैंकको रिकभरीमा समस्या देखिएको छ,’ उनले भने । त्यस्तै, मागमा कमी आएका कारण अर्थतन्त्रमै सुस्तता आएको बताउँदै उनले वाह्य क्षेत्रमा आएको सुधारसँगै ब्याजदर घटिरहेको जनाए । उनले राष्ट्र बैंकको डिजिटल करेन्सीको अध्ययन भइरहेको उनले जानकारी गराए ।
गर्भनर अधिकारीले आर्थिक गतिविधिमा आएको शिथिलताका कारण कर्जा असुली दबाबमा रहँदा निष्क्रिय कर्जा अनुपात केही बढेपनि बैंकहरुको वित्तीय स्थिति सुदृढ अवस्थामा रहेको दावी गरे । उनले बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा रहेको बताए ।

‘बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २९.४१ प्रतिशत र कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२.४४ प्रतिशत रहेकाले नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा नै छ,’ उनले भने।
बैंकहरुले एक साताअघि नाफा १३ प्रतिशतभन्दा बढीले घटेको र निष्कृय कर्जा बढेको वित्तीय विवरण सार्वजनिक गरेका थिए। उनले उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउने आधार तयार भएको तर सरकारले पुँजीगत बजेट खर्च गर्न नसक्दा र युवाहरु रोजगारी र अध्ययनका लागि विदेशिने क्रम बढेकाले आन्तरिक माग शिथिल हुन पुगेको बताए।
‘सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य संख्यामा वैदेशिक रोजगारी र अध्ययनको लागि युवाहरू विदेशिएकाले आन्तरिक माग भने शिथिल छ। खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योग आर्थिक शिथिलताबाट बढी प्रभावित छन्,’ उनले भने । उनले चालु वर्ष आर्थिक वृद्धिदर औसत स्तरमा रहने देखिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।