logo

चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु, औपचारिक उद्घाटन भोलि राष्ट्रपति पौडेलले गर्ने

    824   पटक पढिएको


१२ वैशाख/अर्थ र व्यापार – चौंथो हिमालयन हाइड्रो एक्स्पो बुधबारदेखि काठमाडौंमा शुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहको संस्था (इप्पान)ले आयोजना गरेको तीन दिने एक्स्पोको अवसरमा बुधबार बिहान कमलादीस्थित स्काई टावरदेखि विद्युतीय सवारी साधनहरुको ¥याली निकालिएको थियो । सो ¥यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु सहभागी थिए ।
स्काइ टावरबाट सुरु भएको ¥याली नयाँबानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना, कुपण्डोल, लैनचौरबाट भृकुटीमण्डपमा पुगेर सकिएको थियो । एक्स्पो सुरु भएको पहिलोदिन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई यस एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाए ।
‘लगानी सम्मेलनको पूर्वसन्ध्यामा सुरु भएको यस हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई अझ सार्थक बनाउनेछ,’ मन्त्री बस्नेतले भने । उनले नेपालको जलस्रोत जुन प्रकृतिको छ, यसको महत्व जुन प्रकारको छ, त्यही रुपमा सदुपयोग अझ गर्न थप काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट यस क्षेत्रको विकास र बिस्तारकालागि काम गर्ने बताए ।
पहिलो दिनको सो कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको जानकारी दिए ।
सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै उनले त्यसलाई सार्थक बनाउन यस एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
बुधबारबाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०२४ ले विद्युत् खपत बढाउने सन्देशसहित सम्पन्न हुने इप्पानले जनाएको छ ।
यस एक्स्पो सुरु भएको पहिलो दिन बुधबार इभी ¥याली सहित तीनवटा प्राविधिक सत्र राखिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार एक्स्पोको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको इप्पानले जनाएको छ।
एक्स्पोको प्रारम्भमा बिहान काठमाडौंमा विद्युतीय सवारी (इभी) ¥याली आयोजना भएको थियो । ¥याली आयोजना गरि विद्युतीय सवारी प्रवर्धन र विद्युत खपत बढाउने सन्देशसहित चौथो संस्करणको एक्स्पोको सुरु गरिएको इप्पानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।