logo

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा अग्रवाल

बरिष्ठ उपाध्यक्षमा मल्होत्रा र सन्तोष पाण्डे लगायत ५ उपाध्यक्षमा निर्वाचित

    896   पटक पढिएको


२८ चैत/अर्थ र व्यापार – नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेशकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । मंगलबार काठमाडौंमा सम्पन्न ७३ औं वार्षिक साधारणसभाबाट अग्रवाल चेम्बरको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
अग्रवाल यसअघि चेम्बरको बरिष्ठ उपाध्यक्ष थिए । विगत दुई दशकदेखि चेम्बर अफ कमर्शमा आबद्ध अग्रवालको मुलुकको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यवसायिक अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातोकोत्तर गरेका छन्। नवनिर्वाचित अध्यक्ष अग्रवालले आफ्नो कार्यकालमा सबै व्यवसायीलाई एकजुट बनाएर अघि बढ्ने प्रतिवद्धता जनाए ।
मंगलबार नै निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई चेम्बर भवनमा कार्यभार हस्तान्तरण गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए ।
सोही साधारण सभाबाट चेम्बरको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दिपककुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फबाट दिपक श्रेष्ठ, बस्तुगत संघतर्फबाट सुरेन्द्रकुमार श्रेष्ठ, जिल्ला तर्फको उपाध्यक्षमा सन्तोषकुमार पाण्डे र द्धिराष्ट्रिय उपाध्यक्षमा निलकण्ठ चौलागाई निर्विरोध निर्वाचित भएका छन्।
चेम्बरको सोही वार्षिक साधारणसभाले व्यवसायी अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ । कुल ७६ सदस्यीय चेम्बरको यस नयाँ कार्यसमितिमा मनोनित बाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।