logo

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा अग्रवाल

बरिष्ठ उपाध्यक्षमा मल्होत्रा र सन्तोष पाण्डे लगायत ५ उपाध्यक्षमा निर्वाचित

    620   पटक पढिएको


२८ चैत/अर्थ र व्यापार – नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेशकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । मंगलबार काठमाडौंमा सम्पन्न ७३ औं वार्षिक साधारणसभाबाट अग्रवाल चेम्बरको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
अग्रवाल यसअघि चेम्बरको बरिष्ठ उपाध्यक्ष थिए । विगत दुई दशकदेखि चेम्बर अफ कमर्शमा आबद्ध अग्रवालको मुलुकको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यवसायिक अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातोकोत्तर गरेका छन्। नवनिर्वाचित अध्यक्ष अग्रवालले आफ्नो कार्यकालमा सबै व्यवसायीलाई एकजुट बनाएर अघि बढ्ने प्रतिवद्धता जनाए ।
मंगलबार नै निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई चेम्बर भवनमा कार्यभार हस्तान्तरण गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए ।
सोही साधारण सभाबाट चेम्बरको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दिपककुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फबाट दिपक श्रेष्ठ, बस्तुगत संघतर्फबाट सुरेन्द्रकुमार श्रेष्ठ, जिल्ला तर्फको उपाध्यक्षमा सन्तोषकुमार पाण्डे र द्धिराष्ट्रिय उपाध्यक्षमा निलकण्ठ चौलागाई निर्विरोध निर्वाचित भएका छन्।
चेम्बरको सोही वार्षिक साधारणसभाले व्यवसायी अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ । कुल ७६ सदस्यीय चेम्बरको यस नयाँ कार्यसमितिमा मनोनित बाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।