logo

सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

    504   पटक पढिएको


२१ चैत/अर्थ र व्यापार – पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य बढेर निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेर छापावाल सुन नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा उच्च मूल्यमा पुगेको छ ।
बुधबार छापावाल सुनको मुल्य अत्यधिक बढेर प्रतितोला एकलाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला एकलाख ३१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मुल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३३ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ३१ हजार २०० रुपैयाँ निर्धारण भएको थियो ।

पछिल्लो समय अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै विश्व बजारमा बहुमल्य बस्तु सुनको मूल्य निरन्तर अकासिएको छ । नेपाली बजारमा हाल बैंक ब्याजदर निरन्तर घटेपछि अहिले निक्षेपकर्ताहरु समेत बहुमुल्य बस्तु सुनमा धेरै फाइदा हुने अनुमान गरिरहेका छन् ।
यसैगरी, मुलुकको अर्थतन्त्रका अन्य क्षेत्र शिथिल हुँदा पनि लगानीकर्ता सुनतर्फ आकर्षित हुने गरेको पाइएको छ । यस्तै, विश्व बजारमा द्वन्द अझै बढ्न सक्ने आँकलनका कारण पनि सुनको मूल्यमा वृद्धि देखिएको विभिन्न रिसर्च संस्था र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर परेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । महासंघका अनुसार बुधबार असली चाँदीको भाउ पनि प्रतितोला पनि निरन्तर बढेर प्रतितोला १६ सय १० रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा बुधबार असल चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।