logo

सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

    774   पटक पढिएको


२१ चैत/अर्थ र व्यापार – पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य बढेर निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेर छापावाल सुन नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा उच्च मूल्यमा पुगेको छ ।
बुधबार छापावाल सुनको मुल्य अत्यधिक बढेर प्रतितोला एकलाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला एकलाख ३१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मुल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३३ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ३१ हजार २०० रुपैयाँ निर्धारण भएको थियो ।

पछिल्लो समय अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै विश्व बजारमा बहुमल्य बस्तु सुनको मूल्य निरन्तर अकासिएको छ । नेपाली बजारमा हाल बैंक ब्याजदर निरन्तर घटेपछि अहिले निक्षेपकर्ताहरु समेत बहुमुल्य बस्तु सुनमा धेरै फाइदा हुने अनुमान गरिरहेका छन् ।
यसैगरी, मुलुकको अर्थतन्त्रका अन्य क्षेत्र शिथिल हुँदा पनि लगानीकर्ता सुनतर्फ आकर्षित हुने गरेको पाइएको छ । यस्तै, विश्व बजारमा द्वन्द अझै बढ्न सक्ने आँकलनका कारण पनि सुनको मूल्यमा वृद्धि देखिएको विभिन्न रिसर्च संस्था र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर परेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । महासंघका अनुसार बुधबार असली चाँदीको भाउ पनि प्रतितोला पनि निरन्तर बढेर प्रतितोला १६ सय १० रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा बुधबार असल चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।