logo

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँ बढ्यो

डिजेल,मट्टितेल,ग्यास र हवाइ इन्धनको यथावत

    502   पटक पढिएको


१९ चैत/अर्थ र व्यापार – नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाएको छ । सोमबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ ।
निगमले ढुवानी लागत खर्चको आधारमा पहिलो, दोस्रो र तेस्रो तीन वर्गमा गरि भिन्दा भिन्दै मुल्य तोकेर मुलुकभर इन्धन विक्री वितरणको व्यवस्था मिलाउँदै आएको छ ।
सोही व्यवस्था बमोजिम समायोजन गरिएको नयाँ मुल्य अनुसार यो भाउ तोकिएको निगमले जनाएको छ । निगम व्यवस्थापनको यो निणर्यसँगै अब तेस्रो वर्गमा पर्ने काठमाडौं उपत्यका, पोखरा र दिपालय लगायतका क्षेत्रमा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ । यसैगरी, दोस्रो वर्गमा रहेको सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ७४ पर्नेछ । त्यसैगरी, पहिलो वर्गमा रहेको झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ ५० पैसा पर्नेछ ।
यसपाली डिजेल, मट्टितेल, खाना पकाउने ग्लपी ग्यासर हवाई इन्धनको मूख्य भने हेरफेर नगरिएको निगमले जनाएको छ । आयल निगमका अनुसार आइतबार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्य बमोजिम पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको छ ।
यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ । तर अझै पनि एलपी ग्यासमा प्रति सिलिन्डर २ सय ९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै निगम सञ्चालक समितिले हाललाई यि बस्तुहरुमा मूल्य हेरफेर नगर्ने निर्णय गरेको निगमले जनाएको छ ।
यस भन्दा १५ दिन अघि पनि निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।