logo

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँ बढ्यो

डिजेल,मट्टितेल,ग्यास र हवाइ इन्धनको यथावत

    808   पटक पढिएको


१९ चैत/अर्थ र व्यापार – नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाएको छ । सोमबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ ।
निगमले ढुवानी लागत खर्चको आधारमा पहिलो, दोस्रो र तेस्रो तीन वर्गमा गरि भिन्दा भिन्दै मुल्य तोकेर मुलुकभर इन्धन विक्री वितरणको व्यवस्था मिलाउँदै आएको छ ।
सोही व्यवस्था बमोजिम समायोजन गरिएको नयाँ मुल्य अनुसार यो भाउ तोकिएको निगमले जनाएको छ । निगम व्यवस्थापनको यो निणर्यसँगै अब तेस्रो वर्गमा पर्ने काठमाडौं उपत्यका, पोखरा र दिपालय लगायतका क्षेत्रमा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ । यसैगरी, दोस्रो वर्गमा रहेको सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ७४ पर्नेछ । त्यसैगरी, पहिलो वर्गमा रहेको झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ ५० पैसा पर्नेछ ।
यसपाली डिजेल, मट्टितेल, खाना पकाउने ग्लपी ग्यासर हवाई इन्धनको मूख्य भने हेरफेर नगरिएको निगमले जनाएको छ । आयल निगमका अनुसार आइतबार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्य बमोजिम पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको छ ।
यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ । तर अझै पनि एलपी ग्यासमा प्रति सिलिन्डर २ सय ९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै निगम सञ्चालक समितिले हाललाई यि बस्तुहरुमा मूल्य हेरफेर नगर्ने निर्णय गरेको निगमले जनाएको छ ।
यस भन्दा १५ दिन अघि पनि निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।