logo

अडानले पारित गर्यो ७ बुँदे प्रस्ताव, अर्थतन्त्र चलायमान बनाउन सरकारको ध्यानाकर्षण

    641   पटक पढिएको


१८ चैत/अर्थ र व्यापार – लेखापरीक्षकहरुको पेशागत संगठन नेपाल अडिटर्स एसोसिएसन (अडान) ले निजी क्षेत्रको आत्मबल बढाई देशको अर्थतन्त्र चलायमान बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
अडानले आफ्नो छैटौं राष्ट्रिय परिषद्बाट ७ बुँदे विशेष प्रस्ताव पारित गर्दै अर्थतन्त्र चलायमान बनाउने कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो।
‘विदेशी संचिति बलियो अवस्थामा रहँदारहँदै एवं करिब ७ खर्ब लगानीयोग्य रकम बैंक तथा वित्तीय संस्थामा मौज्दात हुँदा पनि मुलुकको अर्थतन्त्र शिथिल छ।
यस अवस्थाको अन्त्य गर्दै सम्पूर्ण निजी क्षेत्रको आत्मबल बढाई अर्थतन्त्रलाई चलायमान बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसमक्ष यो परिषद् अपिल गर्दछ,’ अडानले पारित गरेको प्रस्तावमा भनिएको छ।
योग्य र क्षमतावान रजिष्टर्ड लेखापरीक्षकले सहजरुपमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को समान सदस्यता पाउने व्यवस्था मिलाउन पनि अडानले माग गरेको छ।
आईक्यानको दशौं काउन्सिलको आसन्न निर्वाचनमा अडानका तर्फबाट ४ उम्मेदवार खडा गर्ने, लेखापरीक्षणसँग सम्बन्धित ऐन संशोधनका लागि सरकारसँग माग गर्ने लगायत प्रस्ताव पारित अडानका प्रथम उपाध्यक्ष डोल प्रसाद दाहालले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
अडानले एउटै विषयमा स्थानीय तहले अलग अलग कानुन बनाउँदा लेखा व्यवसायीलाई परेको भन्दै संविधान विपरीत नहुने गरी कानुन निर्माण गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।