logo

भन्सार विन्दुमा आगामी महिनादेखि सुधार भएको देखिन्छ:अर्थमन्त्री पुन

    716   पटक पढिएको

८ चैत/अर्थ र व्यापार – अर्थमन्त्री वर्षमान पुनले भन्सार विन्दुमा अर्को महिनादेखि सुधार भएको देखिने दाबी गरेका छन् । उनले बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा चुहावट रोक्न आफूले भन्सार प्रशासनलाई निर्देशन दिइसकेको बताए।
‘हामी खुला बोर्डर र दुई ठूलो अर्थतन्त्र भएको मुलुकको बीचमा छौं। त्यसले पनि चुनौती छ। कतिपय ठाउँमा हाम्रो क्षमताले पनि भ्याएको छैन। भन्सारमा कतिपय ठाउँमा प्रतिस्पर्धी पनि बनाउनु पर्ने छ। अर्को महिनादेखि भन्सार विन्दुमै सुधार भएको देख्नु हुनेछ,’ उनले भने।
उनले बुधबार प्रतिनिधि सभाको बैठमा यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि आधारबिनै गत वर्षको भन्दा ४० प्रतिशत बढी राजस्वको लक्ष्य लिएको तर चुहावट रोक्न पहल नगरेको आरोप लगाएका थिए।
सरकारले यो आर्थिक वर्ष १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा ८ महिनामा साढे ६ खर्ब मात्र उठेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।