logo

४ जना राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त

    636   पटक पढिएको


८ चैत/अर्थ र व्यापार – राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंकी प्रा.संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत, पाल्पाका प्रा.शिवराज अधिकारी र ललितपुरका डा.अरनिको पाण्डेलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस र जनमत पार्टीबाट राष्ट्रिय योजनाका सदस्यमा नियुक्त चार सदस्यहरुले राजीनामा दिएका थिए । डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले राजीनामा दिएपछि रिक्त पदमा आजको मन्त्रिपरिषद बैठकले नियुक्तिको निर्णय गरेको हो ।
बिहीबारको मन्त्रिपरिषद बैठकले सँस्कृति पर्यटन मन्त्रालयको प्रस्तावमा नेपालका ३ जना र कोरियाका ७ जना गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल १ र जुगल २ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ ।
नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा कोरिया र नेपालका आरोहीले हिमाल आरोहण गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।