logo

अर्थतन्त्र संकटमा नभएको अर्थमन्त्री पुनको दावी ,मौद्रिक नीतिमा लचकता अपनाउने प्रयास

    925   पटक पढिएको

४ चैत/अर्थ र व्यापार – अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन्। नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक कमजोर रहे पनि समग्रमा अर्थतन्त्र संकटबाहिर रहेको बताए।
उनले एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको, बैंकहरुमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहेको तथा विप्रेषणमा नयाँ रेकर्ड कायम हुनुले आगामी दिनमा नेपाली अर्थतन्त्रको भविष्य राम्रो रहेको संकेत गरेको बताए।
उनले अर्थतन्त्रमा केही शिथिलता रहेको स्वीकार गरे । उनले विकसित र अर्थतन्त्रमा नेपालभन्दा धेरै अगाडि बढिसकेका संसारका कुनै पनि मुलुक समस्यारहित नरहेको भन्दै पुनले संकटकै समयमा नेतृत्वले आफ्नो क्षमता देखाउनुपर्ने बताए।
मन्त्री पुनले यसअघिका अर्थमन्त्रीले अघि सारेका राम्रा र सकारात्मक नीतिलाई निरन्तरता दिने बताए। उनले विगतमा अर्थतन्त्र संकटमा रहेका बेला लिइएका कतिपय नीतिमा खुकुलो बनाउन मन्त्रालय र नियामक निकायबीच छलफल चलिरहेको जानकारी समेत दिए।
‘अर्थतन्त्र संकटमा रहेका बेला लिइएका कतिपय नीति खुकुलो बनाउन मन्त्रालय र नियामक निकायबीच छलफल चलिरहेको छ,’ उनले भने, ‘सेयर बजारमा सकारात्मक संकेत देखिन थालेको छ। सरोकारवालाबाट सुझाव प्राप्त भएपछि सुधारको कदम चाल्छौं।’
नेपालमा चर्चाका लागि धेरै सकारात्मक विषय भएपनि नकारात्मक पक्षलाई बढी महत्व दिने गरिएको उनको गुनासो छ । उनले मानव विकास सूचकाकंमा नेपाल विश्वका कतिपय विकसित मुलुकको हाराहारी र दक्षिण एसियामा सबैभन्दा अगाडि रहेको रिपोर्ट सार्वजनिक भइरहँदा पनि नेपालमा केही छैन, केही हुँदैन भनिनु दुःखद भएको बताए।
‘राम्रोलाई राम्रो भनेर सुधारमा लाग्नुपर्नेमा निराशा बाँड्ने काम धेरै भयो’, अर्थमन्त्री पुनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।