२ चैत/अर्थ र व्यापार – सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार सरकारी वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत लघुवित्त पिडित पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष पुनाराम (मनिराम) ज्ञवालीबीच विभिन्न ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको संयोजकतत्वमा वार्ता टोली बनाएको थियो । यसअघि देसैभरका लघुवित्त पिडितहरुले लामो समय सडक आन्दोलन गर्दै सरकारलाई आफ्ना माग पुरा गराउन दबाब दिँदै आएका थिए।
तपाईको प्रतिक्रिया