logo

सेयर बजारमा सुधारका लागि अर्थमन्त्रीले मागे कार्ययोजना, सेबोन लगायतलाई ७ दिनको म्याद

    735   पटक पढिएको


२९ फागुन/अर्थ र व्यापार – अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा सुधारका लागि नीतिगत कदम चाल्ने संकेत गरेका छन्। उनले पुँजीबजारको सुधार सम्बन्धमा विभिन्न तीन संस्थासँग सुझाव मागेका छन्।
उनले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँग सुझाव मागेका हुन्। मन्त्री पुनको निर्देशन अनुसार ती तीन वटै संस्थालाई अर्थ मन्त्रालयले आइतबार पत्र पठाएको छ ।
पत्रमा सेयर बजारमा तत्काल सुधार सम्बन्धमा ७ दिनभित्र कार्ययोजना पेस गर्न भनिएको छ। ती तीन वटै संस्थालाई मन्त्रालयले सरोकारवालासँगको सुझावका आधारमा कार्ययोजना बनाउन भनेको छ । ‘अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवाला समेतको राय लिइ ७ दिनभित्र कार्ययोजना पेस गर्न मन्त्रीज्यूको निर्देशन अनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।
पद्बहालीपछि उनले ६० लाख नागरिकसँग जोडिएको सेयर बजारमा सुधारको कदम चाल्ने बताएका छन । मन्त्री पुनले अब निर्णयमा पुग्नलाई नियामक निकायको सुझाव मागेका हुन्।
उनले अर्थ मन्त्रालय सम्हालेदेखि सेयर बजार उकालो लागिरहेको छ । पदबहालीका क्रममा दिएको अभिव्यक्तिका कारण मन्त्री पुनले सुधारको कदम चाल्ने लगानीकर्ताको विश्वास छ।
लगानीकर्ताले माओवादी नेतृत्वलाई अनुदार मान्दै आएको पृष्ठभूमि र दुई वर्षयता नेप्से १,८००–२,००० विन्दुमा घुमिरहेको पृष्ठभूमिमा अर्थमन्त्री पुनमाथि बजारमा सुधारको कदम चाल्नुपर्ने दबाब छ।
बजारप्रति नरम भनिने नेपाली कांग्रेसका नेता तथा निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत ११ महिना अर्थ मन्त्रालय सम्हाल्दा सुधारका कदम चाल्न नसकेर लगानीकर्तामाझ आलोचित भएकामा पुनले जस लिन चाहेका छन्।
उनले आइतबार ब्रोकरहरुसँगको भेटमा पनि नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर नीतिगत रुपमा बजारमा सुधारको कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।
अर्थमन्त्री पुनले अर्थतन्त्र चलायमान बनाउन मात्र नभएर, सेयर बजार मैत्री नीतिका लागि गभर्नर महाप्रसाद अधिकारीसँग छलफल थालिसकेका छन्। दोस्रो पटक अर्थमन्त्री बनेका पुनलाई बजारले स्वागत गरिसकेको छ। उनी गत बुधबार अर्थमन्त्री नियुक्त भएका थिए। त्यो दिन उतारचढाव देखिएको बजार अर्थमन्त्रीमा पुन आउने निश्चित भएपछि अन्तिम क्षणमा ९.३३ अंकले सेयर बढेको थियो।
नेप्से त्यसको भोलिपल्ट बिहीबार १३.५१ र आइतबार २२.१० अंकले बढेर २०५२. ६५ को विन्दुमा पुगेको थियो । आफू आएपछि नेप्से लगातार बढ्नुलाई मन्त्री पुनले लगानीकर्ताले गरेको भरोसाका रुपमा लिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।