logo

सेयर बजारमा सुधारका लागि अर्थमन्त्रीले मागे कार्ययोजना, सेबोन लगायतलाई ७ दिनको म्याद

    502   पटक पढिएको


२९ फागुन/अर्थ र व्यापार – अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा सुधारका लागि नीतिगत कदम चाल्ने संकेत गरेका छन्। उनले पुँजीबजारको सुधार सम्बन्धमा विभिन्न तीन संस्थासँग सुझाव मागेका छन्।
उनले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँग सुझाव मागेका हुन्। मन्त्री पुनको निर्देशन अनुसार ती तीन वटै संस्थालाई अर्थ मन्त्रालयले आइतबार पत्र पठाएको छ ।
पत्रमा सेयर बजारमा तत्काल सुधार सम्बन्धमा ७ दिनभित्र कार्ययोजना पेस गर्न भनिएको छ। ती तीन वटै संस्थालाई मन्त्रालयले सरोकारवालासँगको सुझावका आधारमा कार्ययोजना बनाउन भनेको छ । ‘अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवाला समेतको राय लिइ ७ दिनभित्र कार्ययोजना पेस गर्न मन्त्रीज्यूको निर्देशन अनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।
पद्बहालीपछि उनले ६० लाख नागरिकसँग जोडिएको सेयर बजारमा सुधारको कदम चाल्ने बताएका छन । मन्त्री पुनले अब निर्णयमा पुग्नलाई नियामक निकायको सुझाव मागेका हुन्।
उनले अर्थ मन्त्रालय सम्हालेदेखि सेयर बजार उकालो लागिरहेको छ । पदबहालीका क्रममा दिएको अभिव्यक्तिका कारण मन्त्री पुनले सुधारको कदम चाल्ने लगानीकर्ताको विश्वास छ।
लगानीकर्ताले माओवादी नेतृत्वलाई अनुदार मान्दै आएको पृष्ठभूमि र दुई वर्षयता नेप्से १,८००–२,००० विन्दुमा घुमिरहेको पृष्ठभूमिमा अर्थमन्त्री पुनमाथि बजारमा सुधारको कदम चाल्नुपर्ने दबाब छ।
बजारप्रति नरम भनिने नेपाली कांग्रेसका नेता तथा निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत ११ महिना अर्थ मन्त्रालय सम्हाल्दा सुधारका कदम चाल्न नसकेर लगानीकर्तामाझ आलोचित भएकामा पुनले जस लिन चाहेका छन्।
उनले आइतबार ब्रोकरहरुसँगको भेटमा पनि नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर नीतिगत रुपमा बजारमा सुधारको कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।
अर्थमन्त्री पुनले अर्थतन्त्र चलायमान बनाउन मात्र नभएर, सेयर बजार मैत्री नीतिका लागि गभर्नर महाप्रसाद अधिकारीसँग छलफल थालिसकेका छन्। दोस्रो पटक अर्थमन्त्री बनेका पुनलाई बजारले स्वागत गरिसकेको छ। उनी गत बुधबार अर्थमन्त्री नियुक्त भएका थिए। त्यो दिन उतारचढाव देखिएको बजार अर्थमन्त्रीमा पुन आउने निश्चित भएपछि अन्तिम क्षणमा ९.३३ अंकले सेयर बढेको थियो।
नेप्से त्यसको भोलिपल्ट बिहीबार १३.५१ र आइतबार २२.१० अंकले बढेर २०५२. ६५ को विन्दुमा पुगेको थियो । आफू आएपछि नेप्से लगातार बढ्नुलाई मन्त्री पुनले लगानीकर्ताले गरेको भरोसाका रुपमा लिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।