logo

अर्थतन्त्रका बाह्य सूचक मजबुत, शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब रुपैयाँ बचतमा

माघ महिनामा १ खर्ब ५ अर्ब ७८ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

    755   पटक पढिएको

२७ फागुन/अर्थ र व्यापार – पछिल्लो समय मुलुकको आन्तरिक अर्थतन्त्र कमजोर अवस्थामा रहेपनि समग्रमा अर्थतन्त्रका बाह्य सूचक भने बलियो अवस्थामा नै रहेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वितेका सात महिना गत माघ मसान्तसम्मको वित्तिय विवरण अनुसार चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँ बचतमा रहेको देखिएको हो ।
गत आर्थिक वर्षको वितेका ७ महिनाको अवधीमा चालु खाता ४० अर्ब १६ करोड रुपैयाँले घाटामा थियो। यसैगरी, अहिले मुलुकको शोधनान्तर स्थिति पनि बलियो अवस्थामा देखिएको छ । अघिल्लो आवको सोही अवधीमा १ खर्ब २८ अर्ब ५५ करोड बचतमा रहेको शोधनान्तर स्थिति बढेर अहिले २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।
त्यसैगरी, विदेशी मुद्राको सञ्चिति असार मसान्तको तुलनामा १९.९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । यो रकमले १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार चालु आवको वितेका सात महिनाको अवधीमा कुल ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम अघिल्लो आवको ७ महिनाको तुलनामा २१.६ प्रतिशत बढी हो ।
यो आवको माघ महिनामा रेमिट्यान्स घटेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार माघ महिनामा १ खर्ब ५ अर्ब ७८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम पुसको तुलनामा १४ अर्ब रुपैयाँभन्दा न्युन हो । पुसमा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।