logo

काठमाडौमा सुरुभयो चेम्बर एक्स्पो

    636   पटक पढिएको


२४ फागुन/अर्थ र व्यापार – स्थानीय उत्पादनको प्रवद्र्धन एवं बजारीकरण गर्ने उद्देश्यसहित बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘चेम्बर एक्स्पो’ सुरु भएको छ । यस एक्स्पोमा स्थानीय उपभोग्य सामग्रीका डेढ सयभन्दा बढी स्टल रहेका छन ।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक्स्पोको उद्घाटन नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गरेका हुन । यस एक्स्पोमा कृषि सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन र हस्तकलाका बस्तु राखिएका छन्। यसैगरी, सवारी साधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्री पनि एक्स्पोमा छन्।
मन्त्री अर्यालले अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर सरकार अगाडि बढ्ने बताए । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले व्यावसायिक गतिविधि विस्तार गर्न चेम्बरले यस्तो एक्स्पो आयोजना गरेको बताए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका डेढ सयभन्दा बढी स्टल रहेको सो एक्स्पो आगामी २८ फागुनसम्म चल्नेछ । एक्स्पोमा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, दक्षिण कोरिया लगायतका देशहरुका व्यापारीले पनि सहभागिता जनाएका छन्। उनीहरुले विभिन्न बस्तुहरु प्रदर्शनीमा राखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।