logo

नवनियुक्त अर्थमन्त्री पुनलाई स्वागत गर्दै गर्भनर अधिकारीले देखाए नरमपन ,अर्थमन्त्री र गर्भनरको सम्बन्ध राम्रो भएर जाने संकेत

    651   पटक पढिएको

२४ फागुन/अर्थ र व्यापार – नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई स्वागत गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थमन्त्री समक्ष नरमपन देखाएका छन।
बुधबार नयाँ समिकरणमा बनेको सरकारका अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका पुनप्रती राष्ट्र बैंकका गभर्नर अधिकारीले आगामी दिनमा आफु नरम बन्ने संकेत गरेका छन् । बुधबार नवनियुक्त मन्त्रीलाई स्वागत गर्न साँझ साढे ५ बजे गर्भनर अधिकारी अर्थमन्त्रालय पुगेका थिए । मन्त्रालयको अर्थसचिव बस्ने कक्षको गोप्य कोठामा गभर्नरले नवनियुक्त अर्थमन्त्रीका लागि करिब साढे तीन घण्टा कुरेका थिए ।
राष्ट्रपति भवन शितलनिवासमा सपथ खाने समय लम्बिदा अर्थमन्त्री पुन अर्थमन्त्रालय साढे आठ बजे मात्र पुगेका थिए । साँझ ५ बजे कार्यालय सकिने कर्मचारीहरु समेत नयाँ अर्थमन्त्रीको पर्खाइमा घण्टौ कुरि बसेका थिए । कर्मचारीसँग गभर्नरले पनि लामो समय बिताएका थिए।
नवनियुक्त अर्थमन्त्री मन्त्रालयमा प्रवेश गरेसंगै गभर्नर अधिकारी सुवर्ण हलमा प्रवेश गरेका थिए । हलमा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख डा.टोकराज पाण्डेले कार्यक्रम संचालन गरेका थिए । पाण्डेले सुरुमा अर्थसचिव कृष्णहरी पुस्करलाई बोल्न समय दिए , त्यसपछी पाण्डेले सिधै कुरा राख्न मन्त्रीलाई समय दिए । तर, गभर्नर अधिकारीले आफूले पनि कुरा राख्ने भन्दै समय मागेपछि हतारमा पाण्डेले आफ्नो कुरा सच्याउंदै गभर्नरलाई समय दिए । गभर्नरले समय पाएपछी अर्थतन्त्रमा थोरै समस्या रहेको बताएका थिए ।
स्वागतको क्रममा गर्भनरले भने, ‘माननीय अर्थमन्त्रीज्युलाई हार्दिक–हार्दिक शुभकामना दिन चाहान्छु । साथै सफल कार्यकालको शुभकामना दिन चाहान्छु । मैले यसभन्दा अघि पनि माननीय मन्त्रीज्यूसंग काम गर्ने मौका पाएको थिए । त्यतिबेला म राष्ट्र बैंकको डेपुटी गभर्नर थिए । माननीय ज्यू अर्थमन्त्री रहनु हुन्थ्यो । म लगानी बोर्डमा हुदाँ पनि माननीय ज्यू उर्जा मन्त्री हुनुहुन्थ्यो । हामी सबैलाई थाहा छ । सबै मन्त्रालयमा उहाँले सफल रुपमा काम गर्नु भएको छ। हामी सबैको अपेक्षा पनि सोही रहन्छ । कि यो सफलता अब पनि दोहोरिने छ।’
‘एउटा विशेषता मन्त्री ज्यूको विशेषगरी टिमलाई विश्वास गर्ने । जब हाम्रा लिडरले हामीलाई विश्वस गर्नुहुन्छ । जिम्मेवारी र जवाफदेहिता उत्तिकै बढी हुन्छ । समग्र अर्थतन्त्रको बारेमा विस्तारमा भन्ने नै छौ । छोटकरीमा भन्दा अर्थ सचीवज्युले भन्नू भएको जस्तै वास्तविक क्षेत्र र सार्वजनिक वित्तमा एक खालको दबाब छ । त्यो बाहेकका अन्य क्षेत्रमा राम्रो सफलता मिलेको छ । बाहिर हल्ला गरिएको जस्तो स्थिति रहेको छैन । यो विषयमा पछि विस्तारमा चर्चा गर्ने नै छौं । म एकपटक पुनः हार्दिक–हार्दिक शुभकामना दिन चाहान्छु’ गर्भनर अधिकारीले नरम शैलिमा भने ।
यसघिका दुई अर्थमन्त्री जनार्दन शर्मा र डा. प्रकाशसरण महतसंग भने गभर्नर अधिकारीको कटाक्ष नै थियो । जनार्दन शर्मा अर्थमन्त्री रहँदा गभर्नसंग पानीबाराबारको अवस्था थियो भने डा.महतसंग पनि गभर्नरको सम्बन्ध राम्रो रहन सकेन । बिचमा थोरै समयका लागि आएका अर्थमन्त्री बिष्णु पौडेलसंग भने गभर्नर अधिकारीको घनिष्ठ सम्बन्ध रह्यो ।
पूर्व अर्थमन्त्रीहरु जनार्दन शर्मा र डा.प्रकाश शरण महतसंगको तिक्ततापूर्ण सम्बन्धका कारण गभर्नर अधिकारीलाई काम गर्न निकै मुस्किल परेको थियो । स्वयं प्रधानमन्त्री प्रचण्डले समेत मौद्रिक निति र बजेटबिच तारतम्य नमिलेकाले अर्थतन्त्रमा अपेक्षाकृत सुधार नआएको बताएका थिए । अहिले भने गभर्नरले एक कदम अघि सरेर नवनियुक्त अर्थमन्त्री पुनसँग सहकार्यको हात देखाएका छन । यसले आगामी दिनमा अर्थमन्त्री र गर्भनरको सम्बन्ध राम्रो भएर जाने संकेत देखाएको छ । जसले गर्दा मुलुकको अर्थतन्त्र सुधारमा धेरै राम्रा नीतिगत सुधार हुने अपेक्षा आम सरोकारवालाहरुले गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।