logo

दुग्ध किसानको बक्यौता २१ चैतभित्र भुक्तानी गरिसक्ने सहमति, आन्दोलन फिर्ता

    783   पटक पढिएको


२० फागुन/अर्थ र व्यापार – कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाल समेतको उपस्थितिमा दुग्ध विकास संस्थान, डेरी उद्योग र दुग्ध किसानका प्रतिनिधिहरुबीच पाँच बुँदे सहमति भएको छ ।
सहमतिसँगै किसानहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । शनिबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा किसान प्रतिनिधिहरुसहित भएको वार्तामा किसानहरुलाई उद्योगीहरुले आगामी २१ चैतसम्म सबै बक्यौता तिरिसक्ने लगायतका सहमति भएको छ ।
‘दुग्ध उत्पादक कृषकलाई दूध बिक्री गरेबाफत पाउनुपर्ने रकमलाई निरन्तरता दिई पुस मसान्तसम्मको रुकम भुक्तानी प्रत्येक उद्योगले २१ चैत ०८० सम्म गरिसक्ने,’ सहमति पत्रको पहिलो बुँदामा लेखिएको छ ।
दूध बेचेको पैसा नपाएपछि किसानहरु आन्दोलित थिए । उनीहरुले आन्दोलनलाई सोमबारदेखि काठमाडौंमा केन्द्रित गर्ने घोषणा गरेका थिए । विभिन्न जिल्लामा दूध पोखेर विरोध जनाउँदै आएका किसानहरुमाथि परेको मर्काको विषय सांसदहरुले प्रतिनिधि सभाको बैठकमा समेत राख्ने गरेका थिए ।
यसै विषयमा केन्द्रीय दुग्ध सहकारी संघमा आबद्ध किसान प्रतिनिधि, दुग्ध विकास संस्थान –डीडीसी) डेरी उद्योगीका प्रतिनिधि, मन्त्रालयका सचिव समेतका कर्मचारीहरुबीच शनिबार वार्ता भएको थियो ।
सो वार्तामा प्रत्येक उद्योगीले सहकारीबाट खरिद गरेको दूधको परिमाण नघटाई खरिद गरिरहने, दूध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले समन्वय गर्ने, साथै दूध तथा दुग्ध पदार्थको निर्यात प्रबर्द्धनसम्बन्धी विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने सहमती भएको छ ।
यसैगरी, दबैपक्षका प्रतिनिधीहरुबीच सरकारले पशुपाालक किसानहरुलाई दिइरहेको कृषि तथा पशुपंक्षी बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले राखेका अन्य माग सम्बोधन गर्न पहल गर्ने सहमति भएको छ ।
वार्तामा सहभागी केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको बताए । यदि दुग्ध किसानहरुको बक्यौता तिर्न आनाकानी गरे फेरि आन्दोलन सुरु गर्ने उनले चेतावनी दिए ।
वार्तामा कृषि मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेल, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवर, डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र पूर्वअध्यक्ष सुमित केडिया, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल र पूर्वअध्यक्ष अरनिको राजभण्डारी, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.बालक चौधरी, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, दुग्ध विकास संस्थान (डीडीसी)का उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।