logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज ,राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दै

मौद्रिक नीतिको समिक्षा कुरिरहेका सेयर लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा

    1097   पटक पढिएको


२९ माघ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समीक्षामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ कार्यालय समयपछि बस्ने गरी बोलाइएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा छलफलको एजेन्डा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

गभर्नर कार्यालय स्रोतका अनुसार आज साँझ ५ बजेपछिका लागि सञ्चालक समितिको बैठक बोलाइएको छ । सञ्चालक समितिले स्वीकृत गरेमा राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा आजै साँझ सार्वजनिक गर्ने सम्भावना छ । आज सार्वजनिक हुनै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि अहिलेसम्म कायम रहेको सेयर बजारमा समेत केही प्रभाव पर्ने आम लगानीकर्ताहरुको अनुमान छ । मौद्रिक नीतिको समिक्षा कुरिरहेका सेयर लगानीकर्ता पनि आज पर्ख र हेरको अवस्थामा छन ।  यो मौद्रिक नीतिको समिक्षाले सेयर बजारमा मात्र नभएर समग्र मुलुकको अर्थव्यवस्थामा नै केही न केही प्रभाव पार्ने सम्बन्धीत सरोकारवालाहरुको भनाई छ ।
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा जस्तो गभर्नरलाई मौद्रिक नीति चलाउनुपर्ने दबाब नरहेकाले सोमबार साँझ नै छलफल सकिने सम्भावना रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछि पनि कर्जा विस्तार हुन नसकेको, चालु खाता र शोधनान्तर बचत बढ्दै गएको छ भने मुद्रास्फीतिको दबाब पनि देखिँदैन । यता कर्जा असुली प्रभावित भएको तथा बैंकहरूमा पूँजीकोषको दबाब बढ्दै गएकोले मौद्रिक नीति समीक्षामा केही नियामकीय व्यवस्थाहरु परिमार्जन हुन सक्ने आँकलन गरिएको छ ।
विदेशी विनिमय सञ्चित बढ्दैमा अर्थतन्त्र सुधार नहुने भएकाले अब आर्थिक गतिविधि चलायमान गर्ने दिशातिर नीति लक्षित गर्नुपर्ने बेला आएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीति समीक्षाले कर्जा विस्तारमार्फत आर्थिक गतिविधि चलायमान गर्न जोड गर्ने आँकलन गरिएको छ ।
यस्तै पूँजीकोषको दबाब कम गर्न केही कर्जाको जोखिम भार पुनरावलोकन गर्नेजस्ता विकल्पमा पनि राष्ट्र बैंक जानसक्ने आँकलन गरिएको छ । राष्ट्र बैंकले स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने विनियमावली र कार्यविधि संशोधन गरिसकेकोले मौद्रिक नीति समीक्षाबाट निक्षेप संकलन दर सहित ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर समेत हेरफेर हुनसक्ने राष्ट्र बैंक स्रोतले जनाएको छ ।
राष्ट्र बैंकले लगातार तरलता खिच्नु परेकाले त्यसको लागत उच्च दरमा बढेको छ । हाल अधिक तरलता भएकाले नीतिगत दरहरू घटाएमा सरकारी आन्तरिक ऋणको लागत पनि अझै तल आउनसक्छ । जसले गर्दा नीतिगत दरहरु अझै केही घट्ने सम्भावना छ ।
सोमबार अर्थमन्त्रालयले पनि चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । अर्थमन्त्रालयले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयेजना गर्दै चालु आवको बजेटको अर्धवार्षिक समीक्षा गर्ने भएको हो ।
बजेटको अर्धवार्षिक समीक्षालगत्तै राष्ट्र बैंकले पनि चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।