logo

सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने

    553   पटक पढिएको


२८ माघ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले सूचीकृत कम्पनीमा विदेशी लगानी गर्न आफ्नो स्वीकृति नचाहिने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली,२०७८ को तेस्रो संशोधन मार्फत राष्ट्र बैंकले धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था गरेको हो ।
धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा सेयर स्वामित्व परिवर्तन भए पनि राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने गरी विनियमावली संशोधन गरेको हो ।
तर, विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृतिपछि विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुपूर्व, नियमावलीको अनुसूची–२ को ढाँचामा लिखित जानकारी दिनुपर्ने सो नियमावलीमा उल्लेख छ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७९ बमोजिम तोकिएको अवधिभित्र विदेशी लगानी भित्र्याउन नसकेमा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट अवधि थप गरिएको स्वीकृति समेत पेस गर्नुपर्ने हुन्छ । यसरी नेपाल भित्रिएको विदेशी लगानी वापत रकम बैंक तथा वित्तीय संस्थाले सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्ने छ ।

सूचीकृत कम्पनीमा हुने लगानीमा मात्रै नभएर औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योगमा विदेशी लगानी ल्याउन पनि राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ ।
यस्तै कायम रहेको नेपाली उद्योगमा कायम रहेका कुल नेपाली सेयरधनीको सेयर धारण अनुपात नघट्ने गरी हुने विदेशी लगानीमा समेत राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको हो । विनिमय दरका कारण स्वीकृत विदेशी लगानी रकमभन्दा बढी भित्रिएको रकम फिर्ता पठाउन अनिवार्य नहुने संशोधित विनियमावलीमा उल्लेख छ ।
यस्तो बढी भित्रिएको रकम समेतलाई खाम्ने गरी विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानी स्वीकृति प्राप्त भएपछि लेखांकन सम्बन्धी अन्य व्यवस्था पालना हुने गरी विदेशी लगानीका रूपमा लेखांकन गर्न सकिने व्यवस्था संशोधित विनियमावलीले गरेको छ ।
स्वीकृत विदेशी लगानीको रकमभन्दा बढी रकम समेत विदेशी लगानीका रूपमा भित्रिन सक्ने भएको छ । तर, यस्तो बढी भित्रिएको रकमलाई खाम्ने गरी विदेशी लगानी स्वीकृत गर्ने निकायबाट विदेशी लगानीको समर्थन–स्वीकृति प्रदान भए वा यस्तो बढी भित्रिएको मितिपछि रकम र मितिसमेत उल्लेख भएको विदेशी लगानीको स्वीकृति प्रदान भए लेखांकन सम्बन्धी अन्य व्यवस्था पालना हुने गरी विदेशी लगानीका रूपमा लेखांकन गर्न सकिने व्यवस्था विनियमावलीले गरेको हो ।

राष्ट्र बैंकले विनियमावली संशोधन मार्फत विदेशी लगानी भित्र्याउने उद्योग र विदेशी ऋण लिने ऋणीले समेत राष्ट्र बैंकले माग गरेबमोजिम विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको हो । विदेशी लगानीबाट आर्जित मुनाफालाई सोही उद्योगमा लगानी गर्दा वा विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसाय बाहेक अन्य उद्योगमा लगानी गर्दा सो प्रमाणित हुने कागजात पेस गरेको अवस्थामा वास्तविक धनीको पहिचान खुल्ने कागजातको प्रमाणित प्रतिलिपि कागजात आवश्यक नपर्ने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।