logo

६ महिनामा एक खर्ब ९२ अर्ब कर्जा प्रवाह, वैदेशिक अध्ययनकालागि ५८ अर्ब ९५ करोड रुपैयाँ बाहिरियो

    578   पटक पढिएको


२३ माघ/अर्थ र व्यापार – चालु आर्थिक वर्षको ६ महिनामा एक खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान वित्तीय तथा आर्थिक स्थिति’ अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पछिल्लो ६ महिनामा चार प्रतिशतले बढेको हो ।
अघिल्लो वर्षको यसै अवधिमा यस्तो कर्जा प्रवाह एक खर्ब ३७ अर्ब ३३ करोडले बढेको थियो । वार्षिक विन्दुगत आधारमा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।
६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा १.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ४.१ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.६ प्रतिशतले बढेको छ ।
यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा दुई प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.५ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा सात प्रतिशत बढेको छ । सबैभन्दा धेरै ऋण प्रवाह सेवा क्षेत्रमा बढेको छ ।
सो अवधीमा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि भएको छ । यस अवधीमा पढ्नका लागि बाहिरिनेको संख्यामा वृद्धि भएको देखिएको छ । चालु आवको ६ महिनामा विदेशमा पढ्न जाने विद्यार्थीले ५८ अर्ब ९५ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।