logo

६ महिनामा साढे १ खर्बको लगानी प्रतिबद्धता

    670   पटक पढिएको


१५ माघ/अर्थ र व्यापार – चालु आर्थिक वर्षको वितेका ६ महिनाको अवधिमा करिब साढे ६ खर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागको तथ्यांक अनुसार चालु आवको पुस मसान्तसम्ममा १ खर्ब ३६ अर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता जनाइएको हो ।
६ महिनाको अवधिमा स्वदेशी तथा विदेशीगरी २ सय ११ वटा उद्योग दर्ता भएका छन् । जसमा पुस महिनामा मात्रै ३२ वटा उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार सो अवधिमा २८ वटा ठूला उद्योग दर्ता गरेका छन् । विभागले यो वर्षको पुस मसान्तसम्ममा ८० वटा ठूला उद्योग दर्ता गर्ने लक्ष्य लिएको थियो ।
यसैगरी, चालु आवको पुस मसान्तसम्ममा मझौला उद्योग लक्ष्यभन्दा निकै कम दर्ता गरेका छन् । सरकारले सो अवधिमा ८५ वटा उद्योग दर्ता गर्ने लक्ष्य लिएको थियो । तर, १६ वटा मात्रै उद्योग दर्ता भएको पाइएको छ ।
पुससम्ममा १ सय ६७ वटा साना उद्योग दर्ता गरेका छन् । विभागले २ सय वटादर्ता गर्ने लक्ष्य लिएको थियो । दर्ता भएका उद्योगले १३ हजार ६७० जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।
विभागको तथ्यांक अनुसार पुस मसान्तसम्ममा २२६ वटा उद्योगमा विदेशी लगानीकर्ताले २२ अर्ब ३३ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । दर्ता भएको उद्योगले १२ हजार १६७ जनाले रोजगारी सिर्जना गर्ने विभागले उल्लेख गरेको छ ।
सोही अवधिमा १ वटा प्याटेन्ट र ७ वटा डिजाइन दर्ता भएका छन् । यसैगरी २५ सय ३८ वटा ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।