logo

३.१९ प्रतिशतले घट्यो निर्जीवन बीमा व्यवसाय, पुससम्म १९ अर्ब प्रिमियम संकलन

    896   पटक पढिएको


१२ माघ/अर्थ र व्यापार – निर्जीवन बीमा कम्पनीको व्यवसायमा गिरावट आएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पुससम्म कम्पनीहरुको व्यवसाय ३.१९ प्रतिशतले घटेको छ ।
१४ वटा बीमा कम्पनीहरुले दोस्रो त्रैमासम्म १९ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्। पोहोरको तुलनामा यो ६४ करोड रुपैयाँले कम हो। पोहोर दोस्रो त्रैमाससम्म कम्पनीहरुले २० अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।
आर्थिक गतिविधि खुम्चिएका कारण बीमा कम्पनीहरुले यो आर्थिक वर्ष सुरुदेखि नै व्यवसाय बढाउन सकेका छैनन्। व्यवसायमा सर्वाधिक गिरावट आउनेमा राष्ट्रिय बीमा कम्पनी छ। यस कम्पनीको व्यवसाय ५०.७५ प्रतिशतले घटेको छ ।
सो कम्पनीले चालु वर्ष पुससम्म ६९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। पोहोर यही अवधिमा उसले १ अर्ब ४० करोड रुपैयाँको व्यवसाय गरेको थियो।
१४ मध्ये ६ कम्पनीको व्यवसाय खुम्चिंदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा शुल्क संकलन १८.३२ प्रतिशतले घटेको छ। यो कम्पनीले यो वर्ष ६ महिनामा १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
निर्जीवन बीमा व्यवसायमा सर्वाधिक बजार हिस्सा शिखर इन्स्योरेन्सको छ। उसले ६ महिनामा २ अर्ब ४५ करोड ८ लाख रुपैयाँको व्यवसाय गरेको छ। पोहोर ६ महिनाको तुलनामा यो रकम ७.६० प्रतिशतले कम हो।
व्यवसाय बिस्तार गर्ने ८ कम्पनीमध्ये दि ओरियन्ट इन्स्योरेन्स सबैभन्दा अगाडि छ। यो कम्पनीले ६ महिनामा पोहोरको तुलनामा ३३.३१ प्रतिशतले व्यवसाय विस्तार गरेको छ। उसले पुससम्म ९३ करोड ५१ लाख रुपैयाँ प्रिमियम आर्जन गरेको छ। व्यवसाय गर्ने अनुमति पाएका चार निर्जीवन लघुबीमा कम्पनीमध्ये तीन वटाले ६ महिनामा ४ करोड ५० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।
प्राधिकरणका अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले २ करोड ३७ लाख, प्रोटेक्टिभ माइक्रोले १ करोड ६५ लाख र स्टार माइक्रो इन्स्योरेन्सले ४७ लाख रुपैयाँको व्यवसाय गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।